सीसीटीभी फुटेज भेटाउन संसदीय छानविन समितिलाई कठिनाई,कर्मचारीले मुखै खोलेनन्

काठमाडौं । बजेट निर्माणमा अनाधिकृत ब्यक्तीलाई मध्यरातमा भित्र्याएर करको दायरा हेरफेर गरेको आरोप लागेपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिए । उनीमाथि छानविन गर्न संसदीय छानविन समिति बन्यो । शर्मामाथि लागेका आरोपलाई पुष्टि गर्न संसदीय छानविन समितिले अनुसन्धान गरिरहेको छ । तर, मुख्य कारण मानिएको छानबिन गरिरहेको संसदीय समिति सिसिटिभी फुटेज जुटाउन सकेको छैन ।
आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त भएन । बैठकमा प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखहरूका साथै राजस्व र अर्थ सचिवहरूले आफ्ना भनाइहरू राखेका थिए । सबैका कुरा सुनियो। तर, न सिसिटिभी फुटेज भेटियो न कसैले बजेट निर्माणमा असम्बन्धित मान्छे आएको नै बताएका छन् । जसका कारण आरोप पुष्टि गर्न निक्कै गाह्रो परेको छ ।
करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। मंगलबार काम थालेको संसदीय विशेष समितिका सदस्यहरु पछिल्ला दिनहरुमा १२ घण्टासम्म खटिएका छन् ।
छानबिन समितिमा समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । सांसद पुष्पा भूसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा मानबहादुर विश्वकर्मा आएका छन् । समितिले १० दिनको म्याद पाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #करको दायरा हेरफेर, #बजेट निर्माण, #संसदीय छानविन समिति
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्