२५ दिनपछि जनार्दन शर्मालाई अर्थमन्त्रालयको पुनः जिम्मेवारी, बजेट कार्यान्वयनमा जुट्ने उद्घोष

काठमाडौं । करको दर हेरफेरमा बाह्य ब्यक्तीको प्रबेश गराएको आरोप लागेपछि अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मा २५ दिनपछि सोही पदमा फर्किएका छन् । संसदबाट गठित संसदीय छानविन समितिले प्रमाण भेटाउन नसकेपछि जनार्दन शर्मा पुन अर्थमन्त्री बन्न सफल भएका हुन । सपथ ग्रहणपछि नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले आफू देशको अर्थतन्त्र सुदृढीकरण गर्न प्रतिबद्ध रहेको बताए ।
आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दे मन्त्री शर्माले नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरेर आत्मनिर्भरको अवस्थामा लग्न आफू प्रतिबद्ध रहेको बताएका हुन् । विश्वको आर्थिक अवस्थामा समस्या रहेको भन्दै उनले यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई सबलीकरण गर्नु आवश्यक रहेको बताए ।
उनले आफूलाई पुनः अर्थमन्त्री बनाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका नेतालाई धन्यवाद समेत दिए । उनले मन्त्रालयका सचिव तथा कर्मचारीसँग मिलेर काम गर्न चाहेको बताए ।
उनले कर्मचारीको साथ र सहयोग पाउनेमा विश्व व्यक्त गरेका छन् । बजेट निर्माणको क्रममा अनावश्यक व्यक्तिहरूलाई मन्त्रालयमा प्रवेश गराएर करका दर परिवर्तन गरेको भन्दै एमालेले लगातार संसद् बैठक अवरोध जारी राख्नुका साथै सत्तारुढ दलबाटै आलोचना हुन थालेपछि उनले नैतिकताका आधारमा गत असार २२ गते राजीनामा दिएका थिए ।
शर्माको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले १७ दिन लगाएर अध्ययन, अनुसन्धान गरेर प्रतिवेदन बुझायो । संसदीय समितिको छानबिनबाट ‘क्लिन चिट’ पाएपछि शर्माले फेरि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । राजीनामाको २५ दिनपछि फेरि सोही जिम्मेवारीमा फर्किन पाएका मन्त्री शर्मा पदबहालीका क्रममा निकै भावुक देखिएका थिए । नेकपा एमालेले यसअघि लगाएको आरोपका विषयमा भने शर्माले कुनै प्रतिक्रिया दिएनन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #२५ दिनपछि सोही पद, #अर्थमन्त्रीबाट राजीनामा, #जनार्दन शर्मा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्