फोहोर उठाउन नसकेको भन्दै वडाध्यक्षहरु खनिए मेयर बालेन्द्रविरुद्ध

काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर उठ्न नसकेको भन्दै मेयर बालेन्द्र साहबिरुद्ध वडाध्यक्षहरु खनिएका छन । थुप्रिएको फोहोरलाई लिएर महानगरको नगर कार्यपालिका बैठकमा मेयर साहको चर्को आलोचना भएको हो । बैठकमा एमाले–कांग्रेसका वडाध्यक्षहरु मेयर बालेन्द्र साहविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका थिए ।
फोहोरको समस्याको सबै दोष उनीहरुले साहमाथि थोपर्ने प्रयास गरेका थिए । आजको बैठकको सुरुवातमा साहले छलफलका लागि १३ वटा प्रस्ताव अघि सारेका थिए । तर, वडाध्यक्षहरुले भने फोहोर व्यवस्थापनबाहेक अरु विषयमा छलफल नै नगर्ने अडान लिएका थिए ।
उनीहरुले भोलिदेखि जात्रा सुरु हुने भएकाले फोहोरको समस्या भयावह बनेको बताए । त्यसपछि मेयर साहले फोहोर व्यवस्थापनका विषयमा भएको प्रगतिबारे व्रिफिङ गरेका थिए । तीन दिनअघिसम्म दैनिक २०० देखि ३०० टिपसम्म फोहोर गइरहेको तर, अस्ति राति गाडी तोडफोड भएपछि फोहोर फाल्ने क्रम रोकिएको उनले बताए ।
यस विषयमा हिजो सहरी विकास मन्त्रालयमा बैठक बसेको भन्दै उनले भोलिबाट फोहोर उठ्नेमा आश्वस्त तुल्याउन खोजे । तर, वडाध्यक्षहरुले चित्त नबुझेको बताएका थिए । काठमाडौं–७ का वडाध्यक्ष विमल होडा मेयर साहप्रति आक्रोशित शैलीमा पेश भए । उनले फोहोर व्यवस्थापनका लागि बनेको कार्यदलको बैठक कतिपटक बस्यो भन्ने जानकारी दिन मेयर साहसँग माग गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #मेयर बालेन्द्र साह, #वडाध्यक्षहरु खनिए
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्