४ वर्षमा ३८ करोड श्रोत नखुलेको रकम बरामद, बढ्दै अबैध हुण्डी र क्रिप्टो कारोबार !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०७४ साउन २९ गते र त्यसपछि समेत पटक–पटक भर्चुअल मुद्राको कारोबार (क्रिप्टो), हुण्डी लगायतका कारोबार नगर्न नगराउन सचेत गराइरहेका छन । नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार, हुण्डी पूर्णरुपमा गैरकानुनी मानिएपनि नेपालमा यस्ता कारोबार भने अझै रोकिएका छैनन ।
जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्व सञ्चालक समेत रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा) को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने मंगलबार मात्रै दिएको आदेश होस वा सोमबार राती नै प्रहरीले स्रोत नखुलेको ७४ लाख रुपैयाँसहित काठमाडौंको नरदेवीबाट ३ जनालाई पक्राउ गरेको घटना, बालाजुबाट बरामद ६९ लाख ९९ हजार रुपैयाँ जापानबाट आएको हुन्डी भन्दै राजस्व अनुसन्धान विभागले चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा यी केही प्रतिनिधि घटनाले नै नेपालमा क्रिप्टो र हुण्डी कारोबारको अवस्था कस्तो छ भन्ने देखाएको छ ।
पक्राउ परेका व्यक्तिहरु हुन्डी कारोबार हुन सक्ने प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइने गरिएको छ । श्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ सहित नुवाकोटको ककनीका नवराज ढुंगानालाई पक्राउ गरेको घटनाले अबैध हुण्डीको अन्तरदेशिय कारोबार देखाएको छ ।
जापान बस्दै आएका ककनीकै प्रज्वल ढुंगानाले उक्त रकम काठमाडौंको म्हैपीमा सुवास क्यासमिर कलेक्सनका सुवासजङ पाण्डेमार्फत नवीन र ककनीकै फणिन्द्रप्रसाद ढुंगानालाई दिन लगाएको र अबैध हुण्डी कारोबार नै रहेको निष्कर्षसहित राजश्व अनुसन्धानले चारजनाविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।
गत जेठ २४ गते मात्रै स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँसहित ४ जना चिनियाँ र एक नेपाली ड्राइभरलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको थियो । २०७८ फाल्गुन २३ गते पनि प्रहरीले स्रोत नखुलेको १ करोड ५० लाख रुपैयाँ रकमसहित भारतिय नागरिक अमित अग्रवाल र नेपाली नागरिक बिक्की खड्गीलाई पक्राउ गरेको थियो । यी दुई घटनाले समेत नेपालमा विदेशीमार्फत हुण्डीको अबैध कारोबार बढी हुनेगरेको देखाएको छ ।
छन् ।
४ वर्षमै ३८ करोड बढी श्रोत नखुलेको रकम बरामद
०७४/७५ देखि गएको आर्थिक वर्षसम्मको ४ वर्षमा ३८ करोड बढी श्रोत नखुलेको रकम बरामद भएको छ । प्रहरीले देशका विभिन्न स्थानबाट बरामद गरेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दाखिला गरेको यो तथ्यांकमा राजश्व टोलीले समेत बरामद गरेको रकम थप्दा थप बढ्ने देखिन्छ । प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/७५ मा ५ करोड ८२ लाख ८५ हजार ६७९, ०७५/७६ मा १० करोड ८६ लाख २ हजार ९९४, ०७६/७७ मा ५ करोड ७६ लाख ५९ हजार ९१०,०७७/७८ मा ६ करोड ३६ लाख ३५ हजार ७६० र आर्थिक वर्ष ०७८/०७९ मा १० करोड हाराहारि श्रोत नखुलेको रकम बरामद भएको छ ।
बरामद भएको रकम कसरी बजारमा आउँछ ?
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतका अनुसार यस्तो रकम एकथरी अपराध कर्मबाट, गैरकानुनी कार्यबाट आर्जन भएको हुन्छ तर विधिन्न ठाउँमा लगानी गरेर वैध बनाउने गरिएको छ । यसरी आर्जन भएको रकमलाई सम्पत्ति शुद्धीकरणको माध्यमबाट कानुनसम्मत बनाउन खोजिन्छ । अपराध नगरेको भएपनि पैसाको श्रोत खुलाउन नसकेमा पनि यस्तो रकमको विभिन्न ठाउँमा लगेर कारोबारमार्फत बैध बनाउन खोजिन्छ । हाम्रो कानुनले हरेक व्यक्तिसँग भएको सम्पत्तिको श्रोत खुलाउनपर्ने अनिवार्य व्यवस्था गरेका कारण समेत श्रोत नखुलेको ठूलो रकमसहित पक्राउ पर्ने क्रम बढेको छ ।
केही समय अघि मात्रै एउटा सामान्य व्यक्तिको बैंक खातामा ठूलो कारोबार भइरहेको सूचना पाएर नुवाकोटको विदुर नगरपालिकाका अमित श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्दा प्रहरी नै चकित बनेको थियो । नुवाकोटका एक समान्य व्यक्तिको अष्ट्रेलियाको कमन वेल्थ बैंकमा सेयर कारोबार, क्यानडाको रोयल बैंक अफ क्यानडा, क्यानडाकै बैंकमा सेयर कारोबार, नेपालको नबिल बैंकमा डलर कारोबार गरेको, एनआइसी एसिया बैंक र एभरेष्ट बैंकमा सेयर र रकम लगानी गरेको अपत्यारिलो रहश्य खुलेको यो घटनाले क्रिप्टो कारोबारीको नेक्सस स्वदेशदेखी विदेशसम्म रहेको देखाउँछ ।
यी प्रतिनिधि घटना मात्रै नभएर पछिल्लो समय श्रोत नखुलेको अबैध रकम र क्रिप्टो करेन्सीको कारोबार गर्नेहरु प्रहरी र राजश्य अनुसन्धानको फन्दामा पर्ने क्रम बढिरहेको छ । व्यक्तिसँगै कतिपय सहकारी सञ्चालक, पर्यटन, होटल व्यवसायी र औद्योगिक घराना समेत यस्ता अबैध कारोबारमा संलग्न भएको आशंका गरिएपनि प्रहरी र राजश्वको ध्यान यतातर्फ पुग्न सकेको छैन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #क्रिप्टो, #जिल्ला अदालत काठमाडौँ, #नेपाल राष्ट्र बैंक, #स्रोत नखुलेको
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्