फोहोर ब्यवस्थापन गर्ने जिम्मा बालेनको मात्रै, किन चुपचाप प्रधानमन्त्री देउवादेखि मेटमणि चौधरीसम्म

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर ब्यवस्थापनमा निक्कै चुनौति थपिएको छ । बजारमा जताजाउ उतै फोहोरको डंगुर नै भटिन्छ । चोक चोक गल्ली गल्लीमा फोहोर अस्तब्यस्त हुँदा सर्वसाधारणलाई आवात–जावतमै सास्ती भइरहेको छ । तर, फोहोर ब्यवस्थापनमा कसैको ध्यान पुगेको छैन ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फोहोर ब्यवस्थापनका लागि दौडधुप गरिरहेका छन् । तर, मेयर साहको यो दौडधुपले काम गरेको छैन । बञ्चरेडाडामा फोहोर फाल्न समेत सत्ता गठबन्धनकै नेताहरुले बिज्ञप्ती निकालेर अवरोध गरिरहेका छन् । तर, फोहोर ब्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवा र शहरी विकास मन्त्री मेटमणि चौधरीले चासो नै दिएका छैनन् । जसका कारण फोहोर ब्यवस्थापनमा सरकारी संयन्त्र नै चुकेको छ ।
फोहोर ब्यवस्थापन मेयर साहको मात्रै जिम्मेवारी नभएको भन्दै सरकारको आलोचना नै सुरु हुन थालेको छ । फोहोरमै राजनीति गर्न सुरु भएपछि झनै ब्यवस्थापनमा कठिनाई भएको छ । सोमबार मात्रै फोहोर ब्यवस्थापन गर्न पुगेका गाडी बञ्चरेडाँमा रोकिएका छन् । स्थानीयको अवरोधले फोहोर फाल्न सकस भएको छ ।
बालेनले भने सत्तारुढ दलकै नेताले अवरोध गरे
काठमाडौं महानगरपालिकाका मेयर बालेनले साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् । उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका हुन । सोमबार फेसबकुमा लामो स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरे ।
बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा पनि फोहोर लैजान माथापच्ची गर्नुपरेकोमा उनले असन्तुष्टि जनाए । २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?’ बालेनले प्रश्न गरेका छन् ।
बालेनको भनाइको पूर्णपाठ
फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो । यद्यपि २०० भन्दा बढी प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर, केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।
केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढि लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?
यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्याएर अपराध गर्ने छैनौँ । यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।
पुनः भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #चोक चोक गल्ली गल्ली, #बजारमा जताजाउ, #मेयर बालेन्द्र साह
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्