सात बर्षअघि छुट्टीएका प्रचण्ड–बाबुराम एउटै चुनाव चिन्हबाट चुनाव लड्ने, होला त एकता ?

काठमाडौं । भारत भ्रमणबाट फर्केलगत्तै समाजवादी मोर्चा निर्माणमा सक्रिय बनेका प्रचण्ड पूर्व माओवादीलाई एक ठाउँ ल्याउन पनि त्यत्तिकै क्रियाशील थिए । तर अहिले अन्य प्रयत्नले मूर्त रुप लिन नसकेपनि डाक्टर बाबुराम भट्टराईसँग भने एउटै निर्वाचन चिन्ह र घोषणापत्र लिएर निर्वाचनमा जाने सहमति भएको छ । पछिल्लो समय निरन्तर संवादमा रहेका प्रचण्ड र बाबुरामले विगतको समीक्षा गर्दै फेरी एक भएर जान सहमत भएका हुन् ।
उसो त बाबुरामलाई पार्टीमा ल्याउनकै लागि प्रचण्डले केन्द्रीय समितिमै समाजवादी केन्द्र निर्माण गर्ने बिषय प्रवेश गराएका थिए । माओवादी नामप्रति भट्टराईको अरुचिका कारण उनलाई जसरी भए पनि पार्टीमा भित्र्याउन प्रचण्डले यस्तो चर्चा गरेका थिए । पछि माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी र बामदेव गौतमलाई समेत सहभागी गराई समाजवादी केन्द्र वा मोर्चा निर्माण गर्ने प्रयत्न भएको थियो । जुन अहिलेका लागि स्थगित भएको छ ।
सहमति अनुसार डाक्टर भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी माओवादी केन्द्रकै चुनाव चिन्ह हँसिया हतौडा लिएर चुनावमा होमिनेछ । गठबन्धनमा पनि उनीहरु माओवादी केन्द्रबाटै आफ्नो हिस्सेदारी दावी गर्नेछन् । प्रश्न उठ्न सक्छ, पुराना सहकर्मी एकठाउँ आउने प्रक्रिया यति अघि बढीसक्दा पार्टी एकीकरणको पहल किन भएन त ? माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार, अहिले समय अभावका कारण चुनावी तालमेलमै सिमित रहेपनि चुनावपछि पार्टी एकीकरणको प्रक्रिया अगाडि बढ्नेछ ।
सात बर्षअघि प्रचण्डलाई छाडेर धेरैतिर चहारिसकेका बाबुराम अन्तत् माओवादीमा फर्किने तयारीमा जुटेको देखिन्छ ।माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो ।
निर्वाचन आयोगमा जाँदै प्रचण्ड–बाबुरामको नेता
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्ने जानकारी दिन नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा निर्वाचन आयोगमा जाँदैछन् । दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर एउटै चिन्ह्रबाट चुनाव लड्ने जानकारी गराउने कार्यक्रम छ ।
माओवादी पार्टीबाट बाहिरिएको ७ वर्षपछि अन्ततः डाक्टर बाबुराम भट्टराई माओवादीकै चुनाव चिन्हबाट आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिने निश्चित भएको छ । माओवादी अध्यक्ष प्रचण्डसँगको चरणबद्ध वार्तापछि एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएको थियो ।
बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले आँखा चिन्ह होल्ड गर्दै माओवादीकै गोलाकारभित्रको हसिया हथौडाबाट चुनाव लड्ने सहमति भएको छ । दुवै पार्टीको घोषणापत्र पनि एउटै हुनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रचण्ड पूर्व माओवादी, #प्रचण्ड–बाबुराम, #प्रतिनिधिसभा र प्रदेशसभा, #समाजवादी मोर्चा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्