Techie IT
  • २ जेठ २०८२, बिहीबार
KhojPatrika

नागरिकता विधेयक विहिबार नै पारित गर्ने तयारी


काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकतका विधेयक फेरि जस्ताको त्यस्तै बिहिबार नै पारित गर्ने तयारी गरेको छ ।

बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गरियोस् भनी पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले गत आइतबार उक्त विधेयक पुनर्विचार गरियोस् भनेर संसदलाई नै १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन् । तर, सत्ता गठबन्धन दलले यसअघि नै उक्त विधेयक हुबहु पारित गर्ने सहमति गरेको थियो ।

सोही अनुसार मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी गराएर प्रक्रिया अघि बढाएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले विदेशी बुहारीको हकमा ७ वर्षे प्रावधान राख्नुपर्ने अडान राख्दै आएको छ ।
यस्तो छ कार्यसूची


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नागरिकतका विधेयक, #राष्ट्रपति विद्यादेवी भण्डारी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं