सडकमै उत्रिए काठमाडौंका मेयर बालेन साह, अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल भत्काइयो

काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य समस्या मध्येको एक हो पार्किङ । किनमेलका लागि होस् या घुमघामका लागि बजार निष्किने वित्तिकै कहाँ पार्किङ गर्ने भन्ने नै चिन्ता हुन्छ । पार्किङ ब्यवस्थित नहुँदा सवारी साधान चलाउनेहरुले निक्कै सास्ती खेप्नुपरिरहेको छ । काठमाडौंमा ठूला–ठूला घर र बिल्डिङ बनेका छन् । तर, पार्किङ गर्नुपर्छ सडकमै । सडक साँघुरो भयो भन्दै घर नै भत्काएर चौडा बनाइयो । तर, त्यहि सडक काठमाडौं महानगरपालिकाले भाडामा पार्किङ लगाएर आम्दानी गरिरहेको छ । पार्किङ अस्तब्यस्त भएपछि सर्वसाधारणलाई आवात–जावत नै गर्न मुस्किल भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अन्डरग्राउण्ड पार्किङ खोज्न थालेका छन् ।
सोमबार विहानै मेयर साहले बानेश्वर क्षेत्रमा रहेका भवनका अन्डरग्राउण्ड पार्किङका पसल हटाउन दिएको निर्देशन अटेरी गरेको भन्दै मैदानमै आएका हुन । उनको निर्देशन अनुसार महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङका पसल हटाउने र बनेका संरचना भत्काउन सुरू गरेको छ । बानेश्वर प्लाजाको अण्डरग्राउण्डमा राखिएका पसलहरू खाली गराइएको छ । नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा अन्डरग्राउण्ड पार्किङमा राखिएका पसलहरू हटाउन निर्देशन दिइएको छ ।
अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो । ३५ दिने म्याद सकिएसँगै महानगरले सोमबारदेखि स्थलगत रूपमा कारबाही सुरु गरेको हो । साउन तेस्रो साता मेयर साहले अनुगमन गर्दै अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन निर्देशन दिएका थिए । मेयर साहले यसअघि नेपाल प्रहरी र ट्राफिक अधिकारीसँग पनि सल्लाह गरेका थिए ।
काठमाडौं उपत्यकामा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर बनाएका घरमा व्यापारिक प्रयोजनको काम भइरहेको छ । नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डरग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन बनेका छन् । अनुगमनका क्रममा प्रायः सबै भवनले अन्डरग्राउण्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । महानगर एक्सनमा उत्रिएपछि ब्यापारीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले घरबेटीहरुसँग भएको सहमति आफूहरुलाई थाहै नभएको भन्दै मारमा परेको गुनासो गरेका छन् ।
सडकमा पार्किङ गरे महानगरपालिकाले नै सवारी साधान लिएर दुख दिने गरेको गुनासो गर्छन । ब्यवस्थित पार्किङ बनाए आफूहरुलाई समेत सहज हुने सर्वसाधारणको भनाई छ । पार्किङकै लागि सर्वसाधारणले अनाहकमा दुख पाइरहेका छन् । सरकारी अस्पतालदेखि कार्यालयसम्म अनि सडकमा समेत पार्किङ गर्दा पैसा तिर्नुपर्ने बाध्यतामा आम नागरिक छन् । यसअघिका केही निर्णयबाट पछि हटेका मेयर बालेन साहले ब्यवस्थित पार्किङ बनाउने अभियान टुंगोमा पुर्याउछन् या पुर्याउदैनन् त्यो भने भविष्यले नै बताउनेछ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पार्किङ, #मेयर बालेन साह, #मेयर साहले बानेश्वर क्षेत्रमा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्