Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित


काठमाडौं । राष्ट्रियसभाको विधायन समितिले  नागरिकता विधेयकलाई हुबहु पारित गरेको छ । राष्ट्रिय सभाबाट छलफलका लागि समितिमा पठाइएको बिद्येयक सदस्यहरुको बहुमतले कुनै शंसोधनबिना विधेयक पारित गरेको हो ।

विधायन समितिमा १५ जना सदस्य रहेका छन् । उनीहरुमध्ये एमालेका तीन जनाले फरक मतका रुपमा छुट्टै प्रस्ताव राखेका थिए । यसैगरी, स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मर्त दर्ज गरेका थिए । तर, बाँकी १० जना सदस्यहरु यथास्थितिमा विधेयक पारित गर्नुपर्ने पक्षमा उभिएका थिए ।

विधायन समितिले विहिबार नै राष्ट्रिय सभामा प्रतिवेदन पठाउने छ । राष्ट्रिय सभाले पनि विहिबार नै विधेयक पारित गर्ने तयारी रहेको बुझिएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नागरिकता विधेयक, #राष्ट्रिय सभाबाट

तपाईको कमेन्ट लेख्नुहोस्