Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

एमाले अध्यक्ष ओलीको प्रधानमन्त्री देउवामाथि गम्भिर आरोपः भारत गएर म्याउँम्याउँ गरे


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला राष्ट्रियताको सवाल उठाउन नसकेको आरोप लगाएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा बुधबार आयोजना गरिएको सभामा अध्यक्ष ओलीले महाकालीमा एसएसबीले तुइन चुटाएर नेपालीको हत्या गर्दा पनि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न नसकेको आरोप लगाए ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो । कसरी बोल्नभयो ? म्याउम्याउ म्याउ गर्नुभयो ओलीले गम्भिर आरोप लगाए ।लिम्पियाधुरा लिपुलेक र कालापानीको सवालमा पनि प्रधानमन्त्री देउवा बोल्नै नसकेको जिकिर गरे । ओलीले अगामी निर्वाचनमा १ सय ५० सिट जित्ने दाबी गरे ।

प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एमालेले १ सय ५० सिट जित्ने दाबी गरेका ओलीले एमाले सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्ने जनलहर बढेको उल्लेख गरे । सत्तारुढ गठबन्धनमा नेताहरु देखिए पनि जनता भने एमालेमै रहेको उनले जिकिर गरे ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली

तपाईको कमेन्ट लेख्नुहोस्