Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

सरकारी निवासमै चोलेन्द्र बन्देजमा,सर्बोच्च पुग्ने सपनामा राज्यकै रोक,प्रहरीको कडा सुरक्षा


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई महाभियोग लगाएको प्रतिनिधिसभाको कार्यकाल सकिएपनि जवरा सर्वोच्च फर्किन पाएनन । शनिबार नै सर्वोच्च अदालतमा आफु आउने जानकारी गराएका चोलेन्द्रलाई सर्वोच्च जान नदिन सरकारले उनलाई अघोषित नजरबन्द गरेर घरमा नै राख्यो ।

माहाभियोग छानविन समितिले प्रतिवेदन बुझाएपनि प्रतिनिधिसभाको कार्यकाल शनिवार रातिदेखि सकिएको थियो । कार्यकाल सकिएपछि त्यहा दर्ता भएका सबै बिधेयक स्वतः खारेज हुने भएकाले प्रधानन्यायाधिस जबरा सर्वोच्च जान बाटो खुलेको बताउदै आईतबार बिहान ११ बजे सर्वोच्च जाने तयारी गरेका थिए ।

शनिबार नै सुचना पाएपछी उनलाई सर्वोच्च अदालत जानबाट रोक्न राज्य संयन्त्रले हरसम्भव कोशिश गर्यो । सोही अनुसार बिहानदेखी नै सर्वोच्च अदालत अगाडि ठुलो मात्रामा प्रहरी परिचालन गरेको सरकारले प्रधानन्यायाधिस जबरा निवास बालुवाटारको गेटमा नै दर्जनौ प्रहरी खटायो । सुरक्षा ब्यवस्था यती कडा पारीएको थियो कि त्यहा प्रवेश गर्ने सवारीसाधन र ब्यक्तीको मोबाइल नम्बरदेखि अन्य सोधपुछ गरिएको थियो ।

अझै भित्रबाट बाहिर निस्किने सवारीसाधनमा त सामान्य सोधपुछ मात्र होइन, सवार रहेका हरेको ब्यक्तिलाई प्रहरिले केरकार गरेर मात्र पठाएको थियो । भित्रबाट सवारीसाधन निस्किने मेसो पाउने बित्तिक प्रहरीले बाटो छेकेको थियो । सरकारले अघोसित रुपमा नजरबन्द गरेर बाहिर निस्कन नदिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली जबरा निवासमा पुग्यो । करीब डेढ घण्टा बिताएको टोलीले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् । त्यसबाहेक प्रधानन्यायाधिस जबराले आफु निकटका विभिन्न ब्यक्तिहरुसँग दिनभर नै छलफल गरेका थिए ।
दिनभर चोलेन्द्रकै चर्चा
सर्बोच्च अदालतबाट सदन छिरेको न्यायालयको विवाद सदनबाट फेरी सर्बोच्चमैै फर्किएको छ । ११ सदस्यीय महाभियोग सिफारिस समितिले उनलाई महाभियोग लगाउन सिफारिस गरे पनि संसदको पूर्ण बैठकमा भने आफूले तयार पारेको रिपोर्ट पेश गर्न सकेन । त्यसमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोसपाले ९ बुँदे निचोडमा ८ बुँदे असहमति दर्ज ग¥यो ।

एमालेको भुमिकाले पनि राणालाई सहयोग नै पुग्यो । तर सर्वोच्च आउने सुचना दिएका राणालाई अवरोध गर्न नेपाल बार यशोशियसनका पदाधिकारीसहित वरिष्ठ अधिवक्ता र अधिवक्ताहरु भने ११ नबज्दै सर्वोच्च परिसरमा भेला भैसकेका थिए । उता कायममुकाय प्रधानन्यायाधीश दीपक कुमार कार्की पनि १० नबज्दै अदालत पुगेर प्रधानन्यायाधीशको चेम्बरमा अड्डा जमाइसकेका थिए । चोलेन्द्र सर्वोच्च प्रवेश गर्ने हल्लाकै आधारमा सर्बोच्च अदालत र सर्बोच्च बारको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

बार र अदालतबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । राणामाथि लागेको महाभियोग फुकुवा नभएकाले उनी नियमित काममा फर्किन नपाउने एकथरीको मान्यता छ भने अर्काथरीको विचारमा उनीमाथि महाभियोग लगाउने संसद र संसदीय समिति नै नरहेपछि महाभियोग स्वतः निस्क्रिय भएको छ । उनीबिरुद्धको महाभियोग निस्क्रिय नभएकाले राणा कुनै हालतमा सर्बोच्च फर्किन नपाउने माओवादी केन्द्रका नेता तथा कानुन व्यवसायी रामनारायण बिँडारीको तर्क छ । सर्बोच्च बारका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यका अनुसार, उनी प्राविधिक रुपमा सर्बोच्च फर्किए भने पनि व्यवहारिक रुपमा काम गर्न सक्ने अवस्था छैन ।

नेपाल बार एशोशियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे भने चोलेन्द्र सर्बोच्च फर्किन्छन् भन्नेमै विश्वास गर्दैनन् । तर यदि उनी फर्किन चाहे भने पनि सर्वोच्च छिर्न नदिने उनी बताउँछन् । तर, चोलेन्द्रको पक्षमा रहेका अधिवक्ता भुमिनन्दन चुडालको तर्क भने अर्कै छ । उनी सबैले कानून मान्नुपर्ने भन्दै चोलेन्द्रलाई नियमित काममा फर्किनबाट कसैले रोक्न नहुने तर्क गर्छन् । महाभियोग शिफारिस समितिमा सबै न्यायाधीश र धेरैजसो बरिष्ठ अधिवक्ता र अधिवक्तालाई विभिन्न आरोप लगाएका राणा सर्बोच्च फर्किए भने पनि उनलाई काम गर्न भने त्यति सजिलो छैन ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चोलेन्द्र समशेर जबरा, #जवरा सर्वोच्च फर्किन पाएनन, #प्रतिनिधिसभाको कार्यकाल, #प्रधानन्यायाधीश

तपाईको कमेन्ट लेख्नुहोस्