डेंगु परिक्षणका नाममा अस्पतालहरुको लुट, एकै ब्यक्तीसँग लिन्छन् १५ सय देखि २६ सयसम्म

काठमाडौं । यतिबेला राजधानी काठमाडौं लगायत देशभरि डेंगुको प्रकोप तिव्र छ । तर सरकारी निकायले प्रभावकारी अनुगमन नगर्दा डेंगु परिक्षणका नाममा बिभिन्न अस्पताल एवं प्रयोगशालाहरुले जथाभावी महंगो शुल्क असुलिरहेका छन् । सरकार भने मुकदर्शक बन्दै लुटतन्त्रलाई छुट दिइरहेको छ । कोरोना संक्रमण साम्य हुन नपाउदै पछिल्ला केही साता यता डेंगु संक्रमणले पुरै देश आक्रान्त छ । बिषेशगरि काठमाडौ उपत्यका डेंगु हटस्पट बनेको छ ।
अहिलेको अवस्था भनेको डेंगु परिक्षणलाइ व्यापक बनाउनुपर्ने हुन्छ , तर मौकामा चौका छोप्ने सरकारी देखि निजिअस्पतालले डेंगु परिक्षणका नाममा लुटतन्त्र मच्चाइरहेका छन् । निजि अस्पतालको त कुरौ छाडौ सरकारले निशुल्क किट बितरण गरेको सरकारी अस्पतालमा समेत आम नागरिकबाट चर्काे शुल्क असुलिरहेका छन् । निजामती कर्मचारी अस्पतालमा ८ सय रुपैयाँ टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा ८ सय रुपैयाँ प्रयोगशाला नजिकै रहेको टेकु अस्पतालमा ५ सय रुपैयाँ शुल्क लिरहेका छन् । अझ कतिपय निजी अस्पतालमा त झनै २ हजार ६ सय सम्म परिक्षणका नाममा शुल्क उठाउने गरिएको पाइन्छ ।
ताकि यी अस्पताल तथा प्रयोगशालालाइ सरकारले निशुल्क किट उपलब्ध गराउदै आएका छन् । निजि अस्पताल तथा क्लिनिकहरुले त झनै लुटतन्त्रनै मच्चाइरहेका छन् । कमलपोखरीमा रहेको केन्द्रीय डायग्नोस्टिक प्रयोगशालाले डेंगु परिक्षण गरेबापत २ हजार लिने गरेको छ । त्यस्तै ज्ञानेश्वरमा रहेको हिमाल अस्पतालले डेंगु परिक्षण गरे बापत १५ सय रुपैयाँ लिने गरेको छ । यसरी सरकारी अनि निजि प्रयोगशालाबाट बिरामी ठगिरहेका छन् । तर सम्बन्धित निकायलाइ अत्तोपत्तो छैन् ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले डेंगु परिक्षणमा लिएको शुल्कको गुनोसो पश्चात बल्ल अनुगमन गर्ने आश्वासन दिएका छन् । तर सरकारी अस्पतालबाटै नागरिक ठगिरहेका छन् भन्ने बिषयमा उनी अनभिज्ञ देखिन्छन् । डेंगु परीक्षणका लागि निजि अस्पताल क्लिनिक सरकारी अस्पतालको परिक्षण गराउने प्रविधि छुट्टाछुट्टै छ ।
कोरोना महामारीमा पनि प्रयोगशालाहरूले मनलाग्दी शुल्क लिएका थिए । सरकारले शुल्क निर्धारण गरेपछि परीक्षण सहज बनेको थियो । यस पटक डेंगु परिक्षणमा सरकारी निकायले वैज्ञानिक ढंगले शुल्क तोक्ने र अनुगमन ब्यवस्थि तगर्न नसक्दा आम नागरिकले महंगो शुल्क तिर्नुपरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अस्पताल तथा प्रयोगशाला, #डेंगुको प्रकोप, #सरकारी निकाय
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्