Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

अमेरिकाका गोप्य दस्तावेज लिक गर्ने स्नोडेनलाई रुसले दिने भयो नागरिकता


काठमाडौं । अमेरिकाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप खेप्दै आएका एडवर्ड स्नोडेनलाई रुसले नागरिकता दिने जनाएको छ ।

स्नोडेनलाई रुसको नागरिकता दिन राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशन दिइसकेको बीबीसीले जनाएको छ । स्नोडेनले सन् २०१३ मा गोप्य सरकारी दस्तावेज लिक गरेका थिए ।

ती दस्तावेजहरुमा अमेरिकाका गुप्तचरहरुले अन्तर्राष्ट्रियस्तरमा कसरी निगरानी गरिरहेका छन् भन्ने उल्लेख रहेको थियो । स्नोडेनलाई रुसले सन् २०२० मा स्थायी निवासको अधिकार दिएको थियो ।


क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #अमेरिकाका गोप्य, #गोप्य दस्तावेज

तपाईको कमेन्ट लेख्नुहोस्