रुसले भन्यो–क्रिमिया पुल विस्फोटको बदला लिएका हौँ

काठमाडौं । युक्रेनका राजधानी किभमा क्षेप्यास्त्र प्रहार सहितको बममारीमा कम्तीमा १४ जनाको मृत्य भएको छ। कयौँं घाइते भएका अधिकारीहरूले बताएका छन्।
किभका तारास शेभचेन्को पार्क, विश्वविद्यालय भवन र बालबालिकाको खेल मैदान क्षेत्रमा सोमबार बमबारी भएको बीबीसीले जनाएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई क्रिमियासँग जोड्ने प्रमुख पुलमा शनिबार भएको विस्फोटको बदला लिएको बताए।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले एक अवहेलना भिडियोमार्फत युक्रेन नडराउने प्रतिक्रिया दिएका छन्। युक्रेन एकताबद्ध रहेको उनको दाबी छ। पहिलो पटक किभको केन्द्रमा क्षेप्यास्त्र प्रहारसहित युक्रेनका शहरमा बमबारी गरेपछि रुसको व्यापक निन्दा भएको छ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, विदेश, समाचार
ट्याग : #बममारीमा, #युक्रेनका राजधानी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्