Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

४३९ जना समानुपातिक बन्द सूचीमा रहेकाले जरिवाना नबुझाए उम्मेदवार खारेज


काठमाडौं । निर्वाचन आयोगले जरिवाना उठाउन ताकेता गरेको छ । स्थानीय तहको निर्वाचनमा चुनावी खर्च विवरण नबुझाएका उम्मेदवारलाई जरिवाना उठाउन ताकेता गरेको हो ।

समानुपातिक बन्द सूचीमा रहेका ४ सय ३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४ सय ३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो । जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने चेतावनी समेत आयोगले जनाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जरिवाना उठाउन, #निर्वाचन आयोग, #स्थानीय तहको निर्वाचन

तपाईको कमेन्ट लेख्नुहोस्