एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा कुरा गर्न एक दिनमै १ लाख १३ हजारले म्यासेज गरे नम्बर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोनमा कुराकानी गर्ने सामाजिक सञ्जालमा पोष्ट गरेपछि नम्बर टिपाउनेको लर्को नै लागेको छ । ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि मंगलवार साँझदेखि बुधवार अपरान्हसम्म १ लाख १३ हजारजना भन्दा बढीले नाम र नम्बर म्यासेज गरेर टिपाएका छन् ।
अध्यक्ष ओलीले चुनावका सन्दर्भमा सर्वसाधारणका सुझाव लिन बुधवार साँझ फेसबुकमार्फत आह्वान गर्दै नाम र नम्बर टिपाउन आग्रह गरेका थिए । ओलीको इन्बक्समा १ लाख १३ हजार ४ सय ७७ जनाले नाम टिपाइसकेको र यसबाट आफू खुशी भएको उनले बताएका छन् ।
धेरै नाम र नम्बर आएकाले ओलीले नाम टिपाउने समय बिहीबार दिउँसो १२ बजेसम्म निर्धारण गरिएको छ । टेलिफोनमा कुराकानी गर्नेदेखि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रत्यक्ष बहसमा आउन समेत चुनौति ओलीले दिइरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #टेलिफोनमा कुराकानी, #सामाजिक सञ्जाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्