केपी शर्मा ओलीले १ सय ५० सिट जित्छौं भन्दा प्रचण्डले भने गठबन्धनले नजिते देशले हार्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले चुनाव नजिते देश हार्ने भन्दै देशलाई जिताउन पनि गठबन्धनले जित्नुपर्ने बताएका छन् । चुनावी अभियानका क्रममा निर्वाचन क्षेत्र गोरखा जाने क्रममा धादिङको सल्यानटारमा आयोजित गठबन्धनको कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धनले नजिते देश विखण्डन गर्ने प्रतिगामी गठबन्धनले जित्ने खतरा रहेको बताएका हुन ।
उनले विगतका तितामिठा घटना त्यागेर एक आपसमा मत दिन गठबन्धन आबद्ध दलका कार्यकर्तालाई निर्देशन दिए ।अध्यक्ष प्रचण्डले यो निर्वाचन एउटा ब्याटल बनेको भन्दै १२ बुँदे समझदारीदेखि अहिलेसम्म सहकार्य गरेको गठबन्धनमा नेकपा एकीकृत समाजवादीको भूमिका प्रस्ट्याउँदै तत्कालीन एमालेको प्रमुख माधव नेपाल नभएको भए त्यस बेला के हुन्थ्यो भन्ने गम्भीर प्रश्न खडा भएको बताएका थिए ।
त्यस्तै झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले राप्रपा र जसपालाई मिलाएर सरकार बनाउने दाबी गरेका छन् । निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याए पनि सहयात्री दलहरुको साथ नछोड्ने उनले बताए । गृहजिल्ला झापाको क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट माग्ने क्रममा ओलीले एमालेका साथमा रहेकाहरु राष्ट्रिय पार्टी बन्ने र सरकारमा जाने दावी गरे ।
ओलीले एमालेसँग तालमेल गरेको अर्को पार्टी जसपा पनि राष्ट्रिय पार्टीको रुपमा कायम रहने भविष्यवाणी गरे । माधव नेपालको पार्टीको भने कुनै सम्भावना नरहेको उनले बताए । अध्यक्ष ओलीले एमालेको बहुमत कसैले रोक्न नसक्ने बताए । अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पुगेर उनका लागि भोट मागेका छन् । ओली र लिङ्देन दुवैको गृहजिल्ला झापामा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमालेका अध्यक्ष केपी शर्मा ओली, #चुनावी अभियान, #पुष्पकमल दाहाल प्रचण्ड, #राप्रपा र जसपा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्