प्रकाशमान सिंहलाई समर्थन गर्दै लिम्बूले गरे पारे उम्मेदवारी निष्क्रिय

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रकाशमान सिंहलाई स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बूले समर्थन गरेका छन् । उनले शुक्रबार एक कार्यक्रमका बीच प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गरेका हुन ।
काठमाडौं क्षेत्र नम्बर १ मा खटिरहँदा धेरै उम्मेदवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, उनले भने त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर १ लाई आवश्यक भएको उम्मेदवार चाहिँ प्रकाशमान सिंह नै भन्ने निष्कर्ष निकालें ।’ उनले प्रकाशमानले अघि सारेको ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने चुनावी नारा आफूलाई मन परेको बताएका छन् ।
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो प्रकाशमानकै कारण भएको जिकिर गरेका छन्। यसअघि लोसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाश नायजु र प्रतिनिधिसभा सदस्य उम्मेदवार रणवीर सिंहले पनि प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाइसकेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दुर्गाप्रसाद लिम्बू, #प्रकाशमान सिंह
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्