Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

अर्थविद् स्वर्णिम वाग्लेले भने निर्वाचनपछिको प्रधानमन्त्री गगन थापा


काठमाडौं । अर्थविद् स्वर्णिम वाग्लेले मंसिर ४ को निर्वाचनपछि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रधानमन्त्री बन्ने दाबी गरेका छन । शनिबार काठमाडौं क्षेत्र नम्बर–४ को कार्यक्रममा वाग्लेले मुलुकको प्रधानमन्त्री बन्न थापा सक्षम र तयार रहेको बताएका हुन्।

वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूजस्तै विज्ञहरूको टिम रहेको समेत जानकारी दिए । थापालाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलूकमा ठूलो परिवर्तन आउने वाग्लेको भनाइ छ। गगन थापालाई फेरि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियो भने सामाजिक सुरक्षाको प्रत्याभूतिले मूर्त आकार लिने वाग्लेको दाबी छ ।

यस्तै थापामा राजनेतामै आउने खालको झलक पनि भएको उनले जिकिर गरे। यस्तै उनले सवलीकरण, सक्षमताको एजेण्डा भएको र यो कामको नेतृत्व गगन थापाले मात्रै गर्न सक्ने बताएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #थापा प्रधानमन्त्री, #महामन्त्री गगनकुमार थापा, #स्वर्णिम वाग्ले

तपाईको कमेन्ट लेख्नुहोस्