Techie IT
  • १७ वैशाख २०८२, बुधबार
KhojPatrika

मंसिर ४ गते मतदानका दिन क–कसले पाउँछन् निर्वाध सवारी चलाउन ?


काठमाडौं । मंसिर ४ गते अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ ।

निर्वाचन आयोगले बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन सञ्चालन गर्न दिइने भएको हो ।

सञ्चारकर्मीहरुलाई सूचना विभाग वा सञ्चारगृहबाट जारी परिचय पत्रका आधारमा सवारी साधन चलाउन दिने आयोगले जनाएको छ ।

अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सवारी साधनलाई पनि नरोकिने निर्वाचन आयोगले जनाएको छ । तर, यस्ता सवारीमा मतदाता ओसार–पसार गर्न भने पाइनेछैन ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #सवारी साधन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं