चिनियाँ राष्ट्रपति सी सँगको वार्तामा विवादको बिन्दु खारेज गर्ने बाइडेनको उद्घोष

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँगको उच्चस्तरीय वार्तामा दुई देशबीच बढिरहेको विवादको बिन्दु पत्ता लगाउने बताएका छन् । भोलिदेखि इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलनका क्रममा दुई शक्ति देशका राष्ट्रपतिबीच भेट हुन हुने बताइएको छ ।
बाइडेन र सी बीच पहिलो प्रत्यक्ष भेट हुनेछ । अमेरिकामा केही दिनअघि भएको मध्यावधि चुनावमा बाइडेनको पार्टी डेमोक्र्याटले अनपेक्षित सफलता हासिल गरेको छ भने तेस्रो कार्यकाल चीनको राष्ट्रपति सम्हाल्नुभएका सी देशमा थप शक्तिसम्पन्न बनेका छन् । अहिले शक्तिशाली देशहरु अमेरिका र चीनबीच अन्तर्राष्ट्रिय व्यवस्थाप्रति फरक मत रहँदै आएको छ ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका देशबीच व्यापार, मानव अधिकार तथा ताइवान रुस–युक्रेन मामिलामा विवाद रहेको छ । जी–२० सम्मेलनमा जानुअघि एसियाली नेताहरूसँग भेट गरेका अमेरिकी राष्ट्रपति बाइडेनले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुबीच निकै थोरै मात्र मतभिन्नता रहेको भन्दै विवादका बिन्दु पत्ता लगाउने बताएका हुन ।
उत्तर कोरियाले छिट्टै सातौँ पटक आणविक परीक्षण गर्ने अनुमानबीच बाइडेनले चीनलाई उत्तर कोरियामाथि नियन्त्रणका लागि आग्रह गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाउदै आएका छन् ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #चिनियाँ राष्ट्रपति सी, #चुनावमा बाइडेन, #बाइडेन र सी बीच पहिलो प्रत्यक्ष भेट
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्