निर्वाध चुनावमा प्रचार–प्रसार गर्न दिन निर्वाचन आयोगको आग्रह,बढ्यो तोडफोड र झडप

काठमाडौं । मतदानको दिन नजिकिएसंगै सबै राजनीतिक दलले प्रचार–प्रसार तिब्र बनाएका छन । कार्यकर्ताहरु आफ्नो पार्टिको उम्मेद्वारलाई जिताउन हरसम्भव प्रयास गर्नु त स्वभाबिक हो, तर देशका बिभिन्न स्थानमा झडपको स्थिति निम्तिएको छ । प्रहरी प्रशासन सत्तारुढ दलको इशारामा चलेको र निर्वाचन आयोग मूक दर्शक भएको आरोप पनि लागेको छ । चुनाव आउन ५ दिन बाँकी छ । अझै प्रचारप्रसार गर्न पाउने दिन त अब जम्मा ३ दिन मात्र छ । अन्तिम समयमा राजनीतिक दल, उम्मेद्वार तथा उनिहरुका समर्थक तथा कार्यकर्ताले प्रचार प्रसार तीव्र बनाएका छन् ।
प्रचारको क्रममा दुई उम्मेद्वार पक्ष बिच भेट हुँदा सामान्य छलफल र एक अर्काप्रती सम्मान भन्दा पनि एक अर्कालाई आक्रमण गर्ने स्थिति उत्पन्न भएको छ । आईतबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड भएको छ । बा १४ च ७६८४ नम्बरको गाडीलाई मुग्लिङ नजिकै तोडफोड गर्दा गाडीको सीसा फुटेको छ । एक जना युवा गाडीमाथि चढेर लात्तिले हानेर सिसा फुटाएका थिए । सत्ता गठबन्धनका नेता कार्यकर्ता र रविको टिमबीच जम्काभेट भएपछि विवाद भएको थियो ।
सामान्य विवादका क्रममा गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको बताइन्छ । त्यस्तै आईतबार नै गोरखा– २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको मियाँको सचिवालयले जानकारी दिएको छ । आक्रमणबाट टेबुल, कुर्सि तोडफोड भएको छ । घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए । आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा चोट लागेको छ । आक्रमण गर्ने दुईजनालाई नियन्त्रणमा लिईएपनि तीन जना भने फरार रहेको बुझिएको छ ।
त्यस्तै आइतबार नै दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा सत्ता गठबन्धनका एक कार्यकर्ता घाइते भएका छन् । यसअघि गत साता सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच अपिहिमाल गाउँँपालिकामा झडप भएको थियो । चुनावको बेलामा आ आफ्नो उम्मेदवारलाई जिताउन प्रचार प्रसार गर्नु सामान्य हो । तर, प्रचार प्रसारको क्रममा कतिबेला राज्य शक्तिको दुरुपयोग गरि प्रतिष्पर्धी दलका कार्यकतामाथि आक्रमण निर्वाचन बिरोधी गतिबिधि हो । यस्ता घटना दोहरिन नदिन सजक र सर्तक अबस्थामा सुरक्षाकर्मी रहेको सुरक्षा निकायहरुले बताएका छन् ।
निर्वाचन आयोगले पनि यस बिषयमा ध्यानाकर्षण भएको र सुरक्षा निकायलाई सजग र सतर्क अवस्थामा रहन आग्रह गरिएको जनाएको छ । यस अघि प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेद्वार रहेको डडेलधुरामा स्वतन्त्र उम्मेदवार सागर ढकाललाई प्रचार प्रसार गर्न नदिएको आरोप लागेको थियो । पछी उक्त आरोपलाई जिल्ला प्रशासन कार्यालयले खण्डन गरेको थियो । यि घटनाबाट पाठ सिक्दै निर्वाचन आयोग, सुरक्षा निकाय, नेपाल सरकारले चुनावी प्रचारप्रसार होस वा मतदान प्रकृया दुवैलाई भयरहित बनाउन जोड दिनुपर्ने देखिन्छ । राज्य शक्तिको दुरुपयोग हुन नदिने र निर्वाचनको बिश्वसनियतामा प्रश्न उठ्न नदिने तर्फ आयोग सचेत बन्नैपर्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #तोडफोड र झडप, #प्रचार–प्रसार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्