Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

भरतपुरमा कांग्रेस उम्मेद्वार उमेश श्रेष्ठको गाडी तोडफोड


काठमाडौं । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ ।

बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए ।

गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ । प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उमेश श्रेष्ठ, #भरतपुरमा तोडफोड

तपाईको कमेन्ट लेख्नुहोस्