नेपालीले नेपाली टेलिभिजनबाट विश्वकप फुटबलको लाइभ हेर्न पाउने, शुल्क ५ सय

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दर्शकसँग अतिरिक्त शुल्क लिन नपाउने गरी जारी अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।
न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेको हो । सर्वोच्चको यो आदेशसँगै अव मिडिया हब प्रालिलाई विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबापत दर्शकसँग अतिरिक्त पाँच सय शुल्क लिने बाटो खुलेको छ ।
अधिवक्ता किशोर पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । उनले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा दर्शकसँग अतिरिक्त शुल्क लिन नमिल्ने जिकिर गरेर रिट दायर गरेका थिए ।
नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको छ । अव सबै प्रक्रिया अघि बढाइने मिडिया हवले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अल्पकालीन अन्तरिम आदेश खारेज, #विश्वकप फुटबल, #सर्वोच्च अदालत
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्