काठमाडौंको १ र ४ मा कांग्रेस विजयी,गगन थापा र प्रकाशमान सिंहको संसदमा चौथो यात्रा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भएको मतदानको परिणाम आउनेक्रम जारी छ । प्रतिनिधिसभाका लागि अहिलेसम्म नेपाली कांग्रेसले चार स्थानमा जित हासिल गरेको छ । जसअन्र्तगत काठमाडौंका दुई स्थानमा कांग्रेसले बाजी मारेको छ । काठमाडौं १ र ४ नम्बर क्षेत्रमा कांग्रेसले जित निकालेको हो ।
कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकाले । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । भट्टराईलाई थापाले ७ हजार ४५७ मतान्तरले पराजित गरे । जितपछि प्रतिक्रिया दिँदै मुलुकले गति खोजेको र त्यो गति दिन आफू तयार रहेको बताए ।
गगनको जितपछि सो क्षेत्रमा समर्थकहरुले खुशियाली मनाइरहेका छन । उनीहरुले सडकमा मिडाइ बाँड्दै बाजागाजासहित खुशियाली मनाएका छन । ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । २०६४ मा थापा समानुपातिक सांसद थिए ।
त्यस्तै, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् । सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे ।
सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए । जितपछि प्रतिक्रिया दिँदै नेता सिंहले केन्द्रमा प्रभाव र क्षेत्रमा विकासको नारा लिएर काम गर्ने प्रतिवद्धता जनाए ।
काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गगन थापाले ह्याट्रिक जित, #प्रकाशमान सिंह, #प्रकाशमान सिंह काठमाडौं–१
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्