सुकुम्बासी बस्तीमा डोजर चलाउने मेयर बालेनको योजनामा धक्का,उर्लिए सुकुम्बासी

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित रहेको सुकुम्बासी बस्तीमा डोजर चलाउन प्रयास गर्यो । तर सुकुम्बासीको चरम आर्कोश र विरोधका कारण महानगरले बस्ती खाली गर्न सकेन । सुकमहानगरपालिकाले थकित सुरक्षा कर्मीलाई खाली हात फर्काउन बाध्य भयो । त्यो सँगै स्थानीयले विरोधको क्रममा ढ्ङ्गामुढा प्रहार गर्दा झन्डै ३० जना सुरक्षाकर्मी घाईते समे त भएका छन् । सोमबार काठमाडौं महानगरपालिकाथापाथलीस्थित धोवी खोला किनारमा रहेका सुकुम्बासी बस्तीमा नगर प्रहरीसँगै अन्य सुरक्षा निकायको साथमा डोजरसहित पुग्यो ।
बस्ती भत्काउन काठमाडौं महानगरपालिका एक्सनमा उत्रिएपछि सुकुम्बासीहरु पनिहर पनि प्रतिरोध गरेका थिए । स्थानीयले यसरी प्रतिकार गरे कि निकै जोसका साथ आएका महानगर प्रहरी र नेपाल प्रहरी भागाभाग गर्न बाध्य भए । स्थानीय सुकुम्बासीको विरोध र प्रतिकारले करिब ३० जना सुरक्षाकर्मी घाईते समेत भएका छन् । सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डे समेत घाईते भएका छन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितीले केही समय अगाडी सुकुम्बासी बस्ती खाली गर्न ३५ दिने सुचना जारी गरेको थियो । तोकिएको समयभित्र बस्ती खाली नगरे काठमाडौै महानगरपालिकाको सहयोगमा बस्ती हटाउने समितिले जनाएको थियो । मंसिर ४ सम्म बस्ती खाली गर्न अल्टिमेटम दिएको समिति सोमबार एयाक्सनमा उत्रिदा कयौं सुरक्षाकर्मी घाईते भएका छन् । घाईते सुरक्षाकर्मीको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।
त्यस्तै सुकुम्बसीहरुले भने निरन्तर विरोध गर्ने जनाएका छन् । विना विकल्प सो स्थानबाट विस्थापीत गर्ने विषय सह्य नभएको उनीहरुको भनाई छ । तर, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले भने सहरी र नदी सौन्दर्यकरणमा प्रभाव पारेको हुदाँ सुकुम्बासी बस्ती खाली गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै आएको छ ।
सुकुम्बासीको हकहित संरक्षण गर्नका लागि स्थापना गरिएका संवैधानिक निकायहरुले भने विना विकल्प उनीहरु विस्थापित गर्नु नहुने वकालत गर्दै आएका छन् । केही नागरिकहरु आफूसँग भूमिहुँदा हुदैं पनि सुकुम्बासीको नाममा हुकुम्बासीका भएको,सार्वजनिक जग्गामा अनाधिकृत रुपमा बसेको कुरामा दुई मत छैन । तर देश भर रहेका करिब ७० लाख सुकुम्बासीलाई विक्लप दिन सरकार चुकेको अवस्थालाई पनि स्वीकर गर्नुपर्छ । सोमबार दिनभर बस्ती खाली गर्न प्रयास गरे पनि काठमाडौं महानगर प्रहरी,नेपाल प्रहरी,सश्स्त्र प्रहरी असफल भएका छन् । बस्ती खाली गर्न समितिले थप कदम चाल्ने बताईरहँदा सुकुम्बासीहरुले भने प्रतिकार एवम् विरोध जारी राख्ने बताएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौं महानगरपालिका, #सुकुम्बासी बस्तीमा डोजर
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्