कांग्रेसमा प्रधानमन्त्रीको आकांक्षी,जसले संसदीय दलको चुनाव नहुँदै गर्दैछन् दौडधुप

काठमाडौं । संसदीय निर्वाचनले कुनै पनि राजनीतिक दललाई बहुतम नदिई मिलिजुली सरकारका लागि जनादेश दिएको छ । यस्तो अवस्थामा मुलुकको कार्यकारी प्रधानमन्त्रीको पद हात पार्न काँग्रेसका आधा दर्जन नेतादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मले कसरत गरिरहेका छन । काँग्रेसमा सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री गगन थापा, पूर्व महामन्त्री शसाक कोइराला, नेता प्रकाशमान सिंह र शेखर कोइराला सम्मले नयाँ प्रधानमन्त्री बन्ने आकांक्षा राखेका छन ।
यद्यपी काँग्रेस संसदीय दलमा जसले बहुमत पुयाउछ उनै काँग्रेस संसदीय दलको नेता निर्वाचित हुने र प्रधानमन्त्रीका लागि स्वभाविक रुपमा उम्मेदवार बन्ने निश्चित छ । यी मध्ये सभापति देउवा र महामन्त्री थापा विच नै संसदीय दलको नेता बन्न कडा टक्कर हुने अनुमान गरिएको छ । कांग्रेस नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष ओलीलाई भेटेर के सन्देश दिन खोजेको पनि प्रष्ट छैन । रामचन्द्र पौडेल, विमलेन्द्र निधिदेखि पूर्णबहादुर खड्का सम्मले भेटवार्तालाई तिब्रता दिएका छन् ।
दलमा कसले संसदीय दलमा जित्छ त्यो आकलन नै नगरी दौडधुप चलिरहेको छ । पूर्णबहादुर खड्काले त देउवा बाहेक अर्को ब्यक्ती संसदीय दलको नेता हुनै नसक्ने बताइरहेका छन् । प्रजातान्त्रिक पार्टीमा स्वस्थ प्रतिप्रस्धान हुनु स्वभाविक भएपनि परिणाम आउनु अगाडी नै म नै प्रधानमन्त्री बन्छु भन्दै हिड्नुलाई कतिपय काँग्रेस कै नेताले अस्वभाविक रुपमा लिएका छन ।
दलहरुले अहिले प्राप्त गरेको नतिजा हेर्दा नयाँ प्रधानमन्त्री को वन्लान भनेर अनुमान गर्ने अवस्था समेत देखिदैन । किन कि यसका लागि माओवादी, एकीकृत समाजवादी लगायत रवि लामाीछानेको राष्टिय स्वतन्त्र पार्टी र राप्रपा लगायतका दलको समेत समर्थन लिएर मात्र काँग्रेस वा एमालेले सरकार बनाउने अवस्था आउन सक्छ । तर, सत्ता गठबन्धनको नेतृत्वकर्ताको रुपमा नयाँ प्रधानमन्त्रीमा देउवा नै पुन चयन हुने संभावना पनि प्रवल छ ।
उता संसदमा दोश्रो ठुलो दलको रुपमा स्थापित एमालेले पनि चुनाव अगाडी नै अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गरेको थियो । ओलीले पनि आफनो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने नेताहरुको भनाई छ । सत्ताको नेतृत्व गर्न लालयित देखिएका नेताहरुसँग बहुमत पुयाउन संसदमा रहेका अन्य दलको समर्थन जरुरी छ ।
यस्तो अवस्थामा साना दलले आफनो स्वार्थ अनुकुल वार्गेनिङ गर्ने संभावना छ । विगतमा पनि कुनै पनि दलले स्पष्ट बहुमत नहुँदा राजनीतिक अस्थिरता बढेको भन्दै आलोचना भएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #काँग्रेस संसदीय दलको नेता, #कांग्रेसमा प्रधानमन्त्रीको आकांक्षी, #राजनीतिक दल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्