Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सरकार गठनमा माओवादी खुलेन,सबै विकल्प खुला राखेर अघि बढ्ने निर्णय


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन छाड्ने निर्णय भने नगरेको भन्दै सबै विकल्प खुला राख्ने निर्णय गरेको बताए ।

उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए । अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा सीट आउन नसकेको समिक्षा बैठकमा भएको महराले जानकारी दिए ।

बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने जानकारी गराए । बैठकमा चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए ।

राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उनले गठबन्धन अहिले यथावत नै रहेको बताए । सरकार गठनका लागि माओवादीले नेकपा एमालेसँग पनि छलफल गरिरहेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा माओवादी केन्द्र, #प्रतिनिधि सभामा सीट, #विकल्प खुला राख्ने

तपाईको कमेन्ट लेख्नुहोस्