Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

चुनावपछि बोलाइयो सत्ता गठबन्धनको पहिलो बैठक


काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक बोेलाइएको छ । सोमबार दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिएका छन् ।

गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ । मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सत्ता गठबन्धन

तपाईको कमेन्ट लेख्नुहोस्