Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

समानुपातिक तर्फको मतगणना सकियो,कुन दलले कति पाए सिट,यस्तो छ विवरण


काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मत गणना पनि सकिएको छ । सबै जिल्लाबाट मत गणना सकिएको जानकारी आएको र मत रुजु गर्ने काम भइरहेकाले निर्वाचन आयोगले जनाएको छ । यो पद्धतिबाट निर्वाचित हुने १ सय १० सिटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब टुंगो लागिसकेको छ ।

कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ र नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । मत अनुसार अव एमालेले ३४ सिट पाउनेछ । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ ।

अव कांग्रेसले ३२ सिट पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ । माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । दुबै जोड्दा उसको ३२ सिट पुग्छ ।

ठूला दलहरुको मत राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपातिर गएको देखिन्छ । यो चुनावमा उदाएको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउने छ । अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ ।

प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले ४ लाख २१ हजार ३१३ मत पाएर थ्रेसहोल्ड कटाएको छ र ५ सिट पाउनेछ । लोकतान्त्रिक समाजवादी पार्टीले भने थ्रेस होल्ड नै कटाउन सकेन ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #सबै जिल्लाबाट मत गणना, #समानुपातिक

तपाईको कमेन्ट लेख्नुहोस्