सरकारी पत्रको बेवास्ता गर्दै प्रज्ञा प्रतिष्ठानले गर्यो सभा, प्रधानमन्त्री र मन्त्री नै भएनन् सहभागि

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले ३८ औं प्रज्ञा सभा रोक्न सरकारले गरेको पत्राचारलाई वेवास्ता गरि एकतर्फी रुपमा सभा गरेको छ । चौतर्फी विरोध हुँदा हुँदै प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डाक्टर जगमान गुरुङ र निमित्त सदस्य सचिव डाक्टर होमनाथ पौडेलले जवरजस्ती सभा गरेको भन्दै आलोचना भएको छ । चर्को विवाद हुँदा हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानले ३८ औं प्रज्ञा सभा गरेको छ ।
निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतिले मापदण्ड र कार्यविधि नै संशोधन गरी आफूले नै आजीवन सदस्य पाउन गरिएको सभा स्थगित गर्नुपर्ने माग गर्दै विरोध हुँदै आएको थियो । तर, प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डाक्टर जगमान गुरुङ र निमित्त सदस्य सचिव डाक्टर होमनाथ पौडेलले विरोधको वेवास्ता गर्दै सभाको आयोजना गरे ।
तामझामका साथ प्रज्ञा सभा गर्ने भन्दै प्रमुख संरक्षक रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा कार्यक्रम गर्ने गरी निमन्त्रणा कार्ड नै वितरण गरिएको थियो । तर, सोही प्रज्ञा भवनको अर्को कार्यक्रममा सहभागि भएका प्रधानमन्त्री देउवा प्रज्ञा सभामा भने सहभागि भएनन् । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सभा रोक्न भन्दै प्रज्ञा प्रतिष्ठानमा पत्र पठाएको थियो । दर्ता भएको पत्र नै आफू स्वायत्त निकाय भन्दै मन्त्रालयमै पत्र पठाइएको थियो ।
सरकारले नै सभा रोक्न पत्र पठाउँदा पठाउँदै एउटा ब्यक्तीको इच्छा परिपूर्ती गर्न सभा गर्न निमित्त कुलपति गुरुङ र निमित्त सदस्य सचिव पौडेल लागि परेको आरोप लागेको छ । साउन ३० गते नै वर्तमान कार्यसमितिले अन्तिम पटक भनेर गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा फेरि आइतबार गर्नुले बद्मासी प्रष्टै देखिने प्रज्ञाका जानकारहरु बताउछन् ।
असोज २१ गते चार बर्षे कार्यकाल सकेर बाहिरिएका कुलपति उप्रेतीलाई दुई महिना नपुग्दै किन आजिवन सदस्य चाहियो भन्दै उनीहरुले निमित्त कुलपति गुरुङ र निमित्त सदस्य सचिव पौडेलसँग जवाफ मागेका छन् । देवकोटा हलमा सभा भइरहदा त्यसको बिरोधमा बाहिर साहित्यकारहरुको जमघट थियो । निर्वाचन आचारसंहिता विपरित सभा गरेर एक कार्यकाल उपकुलपति र दुई कार्यकाल कुलपति भएका उप्रेतिलाई मासिक ५०/६० हजारको लोभ लाग्नु नै आश्चर्य भएको साहित्यकार बताउछन् ।
मंसिर २९ गते कार्यकाल सकिदै गरेको समितिले त्यो पनि निमित्त कुलपति र निमित्त सदस्य सचिवले गरेको सभा प्रमुख संरक्षक प्रधानमन्त्री देउवा, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठ, सचिव सुरेश अधिकारीले नै बहिष्कार गरेका कारण उनीहरुले गरेका निर्णयमाथि नै बैधानिकताको प्रश्न उठ्ने देखिन्छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डाक्टर जगमान गुरुङ, #नेपाल प्रज्ञा प्रतिष्ठान, #पत्राचारलाई वेवास्ता, #प्रधानमन्त्री शेरबहादुर देउवा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्