अर्बौ खर्चिएर करिव ३० बर्षमा पनि मेलम्चीको पानी ल्याउनै सकस, ठूला परियोजना सधैं दुहुनो गाई

काठमाडौं । काकाकुल काठमाडौंको पानी सपना हो मेलम्ची । अरबौं खर्च गरेर करिव ३० बर्षमा समय लगाएर आयोजना पूरा भएको भनिएपनि अझै सहज रुपमा पानी बितरण हुन सकेको छैन । २७ किलोमिटर लामो सुरुङ हुँदै काठमाण्डौंमा पानी ल्याएपनि सरकारी संस्थाहरुबीच समन्वय नहुँदा बितरणमा समस्या देखिएको छ । अझ नमिठो पक्ष त के छ भने बर्षायाममा काठमाण्डौंमा पानी आउने नआउने टुँगो छैन । करिव ३० बर्ष अघिदेखि काकाकुल काठमाडौं उपत्यकाबासीका लागि खुसीको आयोजना थियो मेलम्ची खानेपानी परियोजना । यस आयोजनामा ५१ अर्ब रुपैँया बढी खर्च भईसकेको छ । तर, आयोजनाले दिर्घकालिन रुप लिन सकेको छैन ।
२०४८ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावी सभामा मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्ने घोषणा अघि सारे । उन्को योजनालाई त्यबिेला धेरैले हँसीमजाक पनि बनाएका थिए । तर, मेलम्ची खानेपानी आयोजना र उपत्यकामा खानेपानीको हाहाकार समाधानको एजेण्डा सधैंको चुनावी एजेण्डा बन्ने गर्यो ।
मेलम्ची खानेपानी आयोजनामा कुन कुन कम्पनीसँगको ठेक्का सम्झौतामा के–के काम भयो ?
–एसियाली विकास ब्यांकले लगानी गर्ने निश्चित भएपछि २०५७ सालमा आयोजना निर्माणको टुंगो ।
–२०६५ फागुनमा चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनीले २०७० भदौसम्ममा आयोजनाको निर्माण सक्नुपर्ने शर्तमा सुरुङ र हेडवर्क्स निर्माणको ठेक्का सम्भौता किलोमिटर सुरुङ निर्माणपछि २०६९ मा ठेक्का सम्झौता रद्द ।
–२०७० सालमा आयोजना निर्माणका लागि इटालीको (सीएमसी) सँग सम्झौता । २५ किलोमिटर बढी सुरुङ खनेपछि विवाद विवाद उत्पन्न । सम्झौता रद्द ।
–२०७६ मा बाँकी काम सम्पन्न गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता । सिनो हाइड्रोले निर्माणको बाँकी काम सकेपछि गएको फागुनमा २६ किमी लामो सुरुङमा पानी भरेर गरिएको पहिलो परिक्षण सफल ।
२ दशकमा मेलम्ची आयोजना कसको कति लगानी र कति खर्च
–२०५५÷०५६ मा सुरु भएको यो आयोजनाका लागि ३१ अर्ब ३५ करोड रुपियाँ लागत अनुमान ।
–एशियाली विकास ब्याङ्कको लगानी : कुल खर्चको ४६ प्रतिशत अर्थात् १६ अर्वबढी ।
नेपाल सरकारको लगानी : कुल खर्चको एक तिहाई अर्थात् ११ अर्व ।
र बाँकी लागत दातृ निकायबाट सहयोग ।
–३१ अर्वको लागतको अनुमान गरिएपनि अहिलेसम्म यो आयोजनाका लागि ५१ अर्ब रुपियाँ खर्च भइसकेको छ । तर, दिर्घकालिनरुपमा उपत्यकाबासीले खानेपानी पिउन पाउनेबारे अझै प्रष्ट छैन । वितरण प्रणालीको परीक्षण सफल भएपछि २०७७ फागुन २२ मा खानेपानी काठमाडौंको सुन्दरीजल आईपुग्यो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको उद्घघाटन गरेसँगै पानी वितरण शुरू भयो । तर पानी वितरण भएको केही समयमा नै मेलम्चीमा भिषण बाढीले संरचनामा असर पर्नाले वितरणको काम थप्प भयो । र अस्थायी रुपमा दोस्रो पटक मेलम्चीको खानेपानी पुन काठमाडौं उपत्यका प्रवेश भएको छ । यो पनि कहिलेसम्मका लागि कुनै टुंगो छैन । मेलम्ची खानेपानी आयोजनामा यति धेरै बजेट खर्च हुनु र निर्धारित समय भन्दा धेरै बर्ष लाग्नुले नै यस परियोजनामा भएको अनियमितताको उजागर गर्छ ।
कुनै बेला सरकारका कुनै बिशिष्ट अधिकारीलाई सुबिधा सम्पन्न सवारी साधन चाहिए मेलम्चीकै गाडी माग्ने गरिन्थ्यो । त्यतिबेला मेलम्चीलाई उच्चपदस्थले दुहुनो गाई जस्तै बनाएको आरोप लाग्ने गर्थ्यो । उपत्यकावासीका लागि दैनिक चालिस करोड लिटर पानी आबश्यक भएपनि मेलम्चीले मात्र १७ करोड लिटर पानी भरथेक गर्छ । त्यस्मा पनि बर्षा याममा पानी सुन्दरीजलसम्म आउने नआउने ठेगान छैन ।
आएको पानी बितरणको जिम्मा लिएको काठमाण्डौं उपत्यका खानेपानी आयोजनाले पनि प्रभावकारी रुपमा पानी बितरण गर्न सकेको छैन । सोमवारमात्र पानी बितरण गर्ने पाइप फुटेर काठमाण्डौंको सडकभरि पानी पानी भयो । जसबाट उपत्यकाबासीले सास्ती पाए । तर, केयुकेएले भने पानी बितरणको सहज प्रबन्ध भइरहेको दाबी गर्छ । उपत्यकाबासीको दैनिकीसँग जोडिएको खानेपानी जस्तो महत्वपूर्ण परियोजनालाई नै सरकारले संवेदनशील रुपले अघि बढाउन नसक्दा आलोचना खेप्नुपरेको छ । सरकारको यस्तै लापर्वाहीका कारण मेलम्ची खानेपानी जस्ता राष्ट्रिय गौरवकै आयोजनामा प्रश्न उठ्ने स्थिति आएको छ । हर सम्भव प्रयत्न गरेर भएपनि १२ रै महिना मेलम्चीको पानी काठमाण्डौं ल्याउने र सहज बितरणका लागि सरकार जिम्मेवार बन्नैपर्छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काकाकुल काठमाडौं, #मेलम्ची खानेपानी, #सुरुङ हुँदै
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्