अस्ट्रेलियामा दुई पटक प्रधानमन्त्री भएका रुड राजदूतमा नियुक्त

काठमाडौं । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाका लागि नयाँ राजदूत नियुक्त भएका छन् । रुड २००७ र २०१३ मा गरी दुईपटक अस्ट्रेलियाका प्रधानमन्त्री भइसकेका रुडले २०१० देखि २०१२ सम्म विदेशमन्त्रीको पदभार पनि सम्हालेका थिए ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले राजदूतका रुपमा रुडले अद्वितीय भूमिका निर्वाह गर्ने बताएका छन् । केभिन रुड अभूतपूर्व व्यक्ति हुन्, प्रधानमन्त्री र विदेशमन्त्रीको कार्यभार सम्हालिसकेका रुडले राजदूतका रुपमा नियुक्ति स्वीकार गरेर अस्ट्रेलियालाई ठूलो गुन लगाएको प्रधानमन्त्री अल्बानिजले बताए ।
वर्तमान राजदूत आर्थर सिनोडिनोसलाई प्रतिस्थापन गर्दै रुडले आगामी वर्षको सुरुमा आफनो कार्यभार सम्हाल्नेछन् । विश्व शक्तिका रुपमा उदाइरहेको चीनको सामना गर्न दुवै देशले पारस्परिक सुरक्षा सहयोगका गहन बनाइरहेका बेला चीन मामिलाका विज्ञ रुडले अमेरिकाका लागि राजदूतको जिम्मेवारी सम्हाल्न लागेका हुन्।
न्युयोर्कस्थित अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी संस्था द एसिया सोसाइटीका प्रमुख समेत रहेका रुडले २०१३ मा राजनीतिबाट संन्यास लिएयता अधिकांश समय अमेरिकामा बिताउँदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #नयाँ राजदूत नियुक्त, #पूर्वप्रधानमन्त्री केभिन रुड
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्