सत्ता फुत्किएपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक,पुस २२ गते हुनेछ समिक्षा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले पुस २२ गते शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गरिने जानकारी दिए । चुनावमा ८९ सिट जित्दा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको कांग्रेस दलहरुबीच सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य बनेको छ ।
बैठकमा यी सहित समसामयिक राजनीतिक विषयहरुमा समेत छलफल हुनेछ । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद अरुलाई नदिने अडान लिएपछि माओवादी केन्द्रले एमालेसहितका दलहरूसँग मिलेर गठबन्धन सरकार बनाएको छ । त्यस्तै ७ वटा प्रदेशसमा समेत नयाँ गठबन्धनकै नेतृत्वमा सरकार बन्ने देखिएको छ ।
कांग्रेस नेतृत्वले सुझबुझपूर्ण निर्णय नगर्दा संघ र प्रदेशमा प्रतिपक्षमा बस्न परेको भन्दै केही नेताले विशेष महाधिवेशनसमेत माग गरेका छन् । निर्वाचनको समीक्षा समेत नगरेको कांग्रेसले गठबन्धन टुटेर हातबाट सत्ता फुत्केपछि मात्रै केन्द्रीय समिति बोलायो । यसअघि कार्यसम्पादन समिति र पदाधिकारी बैठकबाट महत्वपूर्ण निर्णयहरु हुँदै आएका थिए ।
कतिपय केन्द्रीय सदस्यहरुले विधानविपरित पदाधिकारी बैठकबाट निर्णय नलिन दबाब दिँदा पनि केन्द्रीय समितिमार्फत निर्णय गराउनमा नेताहरुले ध्यानै दिएका थिएनन् । तर गठबन्धन भत्किएपछि दबाबमा परेको पार्टी नेतृत्व केन्द्रीय समिति बोलाउन बाध्य भयो । कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र एकाएक एमाले खेमामा मिसिएपछि कांग्रेसमा हलचल देखिएको हो ।
महामन्त्री गगन थापाले त आफूलाई कुनै जानकारी नगराईएको र बैठकमा समेत नबोलाईएको भन्दै केही समयअघि सत्तामा रहेको कांग्रेस नाटकीय ढंगले प्रतिपक्षमा पुग्नुको सबै दोष सभापति देउवा र उनको कोरटिममाथि थोपरेका थिए । संस्थापन इतरका कतिपय नेताहरुले त देउवा असफल भएकाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजिनामा दिनुपर्ने माग समेत राखेका छन् ।
केन्द्रीय समिति बैठकअघि नै आरोपप्रत्यारोपमा उत्रिएका काग्रेसका दुई धार केन्द्रीय समितिमा पनि आमनेसामने हुने निस्चित छ । त्यसैले समिक्षाका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा पनि समीक्षा कम आरोपप्रत्यारोप बढी हुने संकेत देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कार्यसमितिको बैठक, #शेरबहादुर देउवा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्