६२ बर्षे इतिहासमा संसदले पायो नवौं सभामुख,को–को भए सभामुख,कस्तो रह्यो कार्यकाल

काठमाडौं । देवराज घिमिरे निर्वाचित भएसँगै संसदले नवौं सभामुख पाएको छ । यसअघि संसदीय इतिहासमा ८ जना सभामुखले कार्यभार सम्हालिसकेका छन् । पहिलो सभामुख कृष्णप्रसाद भट्टराई हुन भने सबैभन्दा बढी कार्यकाल सम्हाल्ने सुवासचन्द्र नेम्वाङ हुन । ६२ बर्षे इतिहासमा को को बने त सभामुख ?
१.कृष्णप्रसाद भट्टराई
कृष्णप्रसाद भट्टराई नेपालको संसदीय ईतिहासको पहिलो सभामुख हुन् । सादगी नेताको छवी बनाएका भट्टराईले २०१६ असार १९ देखि २०१७ पुस १ गतेसम्म समाभुखको भूमिकामा रही जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनी २०४७ देखि ०४८ सालसम्म पहिलो पटक प्रधानमन्त्री बन्ने अवसर पाए । त्यहीपछि उनी २०५६ सालमा फेरी प्रधानमन्त्री बने ।
२.दमननाथ ढुंगाना
नेपालको संसदीय ईतिहासमा दोस्रो सभामुख बनेका व्यक्ति हुन्, दमननाथ ढुंगाना । उनले २०४८ असार ९ देखि २०५१ असोज १५ गतेसम्म सभामुखको जिम्मेवारी सम्हालेका थिए । सभामुखको कार्यकाल सकिएपछि उनी राजनीतिबाट निष्कृय जस्तै बने । संविधान लेखनका क्रममा समेत संसदीय समितिमा बसेर योगदान पुर्याएका ढुंगाना संविधान निर्माणपछि राजनीतिबाट टाढिदै गएका छन् ।
३.रामचन्द्र पौडेल
२०५१ पुस ३ देखि २०५५ चैत ९ गतेसम्म रामचन्द्र पौडेलले सभामुखको भूमिका निर्वाह गरे । सभामुखपछि उपप्रधानसहित मन्त्री बनेका पौडेल निरन्तर राजनीतिमा सक्रिय छन् । पौडेल २०६७ मा प्रधानमन्त्रीको उम्मेदवार त बने । तर, १७ पटकसम्म भएको चुनावमा जित्न सकेनन् ।
४.तारानाथ रानाभाट
संसदीय व्यवस्थामा चौथो सभामुखको रुपमा काम गरेका तारानाथ रानाभाटले २०५६ असार ९ गतेदेखि २०६३ बैशाख १५ गतेसम्म कार्यभार सम्हाले । नेपाली कांग्रेस नेता रानाभाट कांग्रेसलाई असहयोग गरेको आरोप लागेपछि राजनीतिमा स्थापित हुन सकेनन् । दरबार हत्याकाण्डको छानविन समितिमा महत्वपूर्ण भूमिका पाएका राणाभाटले जनताले विश्वास गर्न नसक्ने प्रतिबेदन ल्याएको भन्दै उनी विवादमा परेका थिए ।
५ सुवासचन्द्र नेम्वाङ
संविधानसभाको अध्यक्ष तथा प्रतिनिधि सभामा सबैभन्दा लामो समय सभामुखको भुमिका निर्वाहको रेकर्ड छ नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङसँग । उनले पहिलो कार्यकाल २०६३ बैशाख ३० देखि २०६३ माघ एक गतेसम्म सम्हाले । २०६३ माघ ३ गतेदेखि २०६५ जेठ १४ गतेसम्म दोस्रो कार्यकाल सम्हालेका नेम्बाङले २०६९ जेठ १४ गतेसम्म तेस्रो कार्यकाल सम्हालेका थिए ।
त्यस्तै उनको चौथों कार्यकाल २०७० फागुन ६ गतेदेखि २०७२ असोज २७ गतेसम्म सभामुखको भूमिका निर्वाह गरेका थिए । विपक्षीको आवाज दबाउन हाबी भएका नेम्बाङ संविधान सभामा कतिपय संविधानका मस्यौँदा पारित गराउने विपक्षीको आवाज नसुनेको आरोप खेपेका थिए । तर, गम्भिर पक्षधरताको अपजस भने उनीले भोग्नुपरेन । अहिले राजनीतिमा सक्रिय उनको राष्ट्रपति बन्ने चर्चा चलिरहेको छ ।
६.ओनसरी घर्ती
संसदीय इतिहासमा पहिलो महिला सभामुख हुन ओनसरी घर्ती । सशस्त्र विद्रोहबाट आएकी घर्ती नेकपा माओवादी केन्द्रबाट २०७२ असोज २९ देखि २०७४ असोज २९ गतेसम्म सभामुखको जिम्मेवारी निर्वाह गरेकी थिईन् । उनीले सन्तुलित रुपमा संसद सञ्चालनको जस समेत पाएकी थिइन । घर्ती काठमाडौं –२ बाट उम्मेद्वार बनेपनि निर्वाचनमा पराजित भएकी थिइन ।
७. कृष्णबहादुर महरा
२०७४ को प्रतिनिधि सभाको निर्वाचनपछि सर्वसहमतिबाटै सभामुखमा चयन भएका थिए, कृष्णबहादुर महरा । २०७४ फागुन २७ गतेदेखि समाभुखको पदभार ग्रहण गरेको महरा संसद सचिवालयकी एक कर्मचारीमाथीको यौन स्क्याण्डलका कारण राजीनामा दिन बाध्य भए । २०७६ असोज १४ गतेदेखि पदमुक्त भएका महरा पूर्वक्षका लागि केही समय थुनामा रहेपनि पछि सफाई पाएका थिए ।
८. अग्निप्रसाद सापकोटा
कृष्णबहादुर महराले सभामुखबाट बाहिरीपछि २०७६ चैत १२ देखि पूर्वमन्त्री समेत रहेका अग्नीप्रसाद सापकोटा सभामुख बनेका थिए । तत्कालिन नेकपाको बहुमतबाट सर्वसम्मत बनेका उनले कुनै दलसँग प्रतिस्पर्धा गर्नुपरेन् । उनको कार्यकाल गत असोज १ गते सकिएको थियो । यो निर्वाचनमा उनी उम्मेदवार नै बनेनन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #८ जना सभामुख, #देवराज घिमिरे, #नवौं सभामुख, #सभामुख कृष्णप्रसाद भट्टराई
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्