Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

प्रचण्डलाई बिश्वासको मत दिएको विषयमा कांग्रेसभित्र गम्भिर मतभेद, गल्ती भएको शेखर समूहको निष्कर्ष


काठमाडौं । नेपाली काँग्रेसमा शेखर समूहले सबैभन्दा ठूलो दल भएपनि सरकार गठन गर्न नसक्नुमा संस्थापन समूह जिम्मेवार रहेको ठहर गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिन संस्थापन समूहले बाध्य बनाएको भएपनि सभामुख, उपसभामुख जस्ता पदमा काँग्रेसले गुमाउने अवस्था आउनुमा देउवा समुहको अपरिपक्क निर्णको उपजको रुपमा लिएको छ । उसले माघ १५ गते बस्ने केन्द्रीय समितिको बैठकमा रणनीतिक रुपमा प्रस्तुत हुने पनि निणर्य गरेको छ ।

संस्थापन समुहले भने देउवाको बचाउ गरेको छ । नेपाली काँग्रेस भित्रको शेखर गगन समुहले ठुलो पार्टी भएपनि सरकार गठन गर्न नसक्नुमा सभापति देउवा समूहको अपरिपक्व निणर्य जिम्मेवार रहेको बताएको छ । प्रधानमन्त्री निर्वाचनमा राष्टपति तथा सभामुख पाउने आशामा विश्वासको मत दिन बाध्य पारीएको भएपनि सभामुख र उपसभामख पद गुम्न गएको र राष्टपति काँग्रेसले पाउने कुनै भरपर्दो आधार नभएको भन्दै देउवाको कार्य शैलिको आलोचना गरेको छ ।

पार्टीको १४ औ महाधिवेशन भएको १ वर्ष वितिसक्दा पनि छ महिना भित्र विभागको गठन गरिसक्नुपर्ने विधानको देउवाले उलंघन गरेको पनि आरोप लगाएको छ । साथै भातृ संगठनको नेतृत्वको पुर्णता दिन नसक्नुले संगठन छिन्न भिन्न भएको दोषारोपण गदै संस्थापन समुहले यी विषयलाई माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकमा उठाउने भएको छ । शेखर गगन समुह केन्द्रीय समिति बैठकमा आक्रामक रुपमा प्रस्तुत गर्ने तयारीमा रहदा देउवा समूह भने रक्षात्मक अवस्थामा पुगेको छ । उसले हरेक निणर्य सामुहिक रुपमा लिनुपर्ने बताउदै आएको छ ।

सभापति देउवाले श्रीमती डा.आराजु राणा देउवा, प्रवक्ता डा.प्रकाशशरण महत,केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की लगाएतको भर पर्न खोज्दा संसदीय निर्वाचमा ठुलो दल बनेको भएपनि नेपाली काँग्रेसले संघ तथा प्रदेशमा सत्ता गुमाएको भन्दै आलोचना हुने गरेको छ । जसले गर्दा काँग्रेसको आन्तरीक राजनीति ब्यावस्थापन गर्न समेत देउवालाई हम्मे हम्मे पर्ने देखिएको छ । संस्थापन इतर समुहले आइतवार काठमाडौको पुरानो वानेश्वरमा भेला गरेको थियो । भेला मंगलबार बस्ने गरी स्थगित भएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #शेखर समूह, #संस्थापन समूह

तपाईको कमेन्ट लेख्नुहोस्