सत्ता गठबन्धनमा सकसः ओली र रविलाई बाइपास पर्दै प्रचण्ड एक्लै हिड्न तयार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलको आवाज सुन्नै छाडेका छन् । जतिबेला प्रधानमन्त्री बन्नका लागि बहुमत पु¥याउन प्रचण्डलाई सकस थियो । कांग्रेसले उनलाई राष्ट्रपति र प्रधानमन्त्री कुनै दिन नसकिने अन्तिम बोली बोल्यो । तव मात्रै जसरी पनि प्रधानमन्त्री बन्नुपर्छ भन्ने ध्येयका साथ अघि बढेका प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष ओलीले साथ दिए । ओलीले यो चाँजोबाँजो पहिले नै मिलाइरहेका थिए ।
जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित एमाले नेता राखेर छलफल गरिसकेका थिए । मात्र थियो बालुवाटारबाट प्रचण्ड बालकोट पुग्नुपर्ने । बालुवाटारबाट बिच्कीएका प्रचण्ड खुमलटार हुँदै बालकोट पुग्दा एमाले अध्यक्ष ओलीले अन्य दल जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ती, जनमत पार्टीलाई सरकारमा सहभागि गराउन ओलीकै भूमिका नकार्न सकिदैन् । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन भत्काएर सबै ग्राइन डिजाइन बालकोटमा तयार भएको थियो । प्रचण्ड प्रधानमन्त्री बन्न बालकोट पुगे ।
प्रधानमन्त्री बनेपछि ओली प्रचण्ड निवास खुमलटारको छतमै बसेर सुन्तला खाँदै केही पदको भागबण्डा समेत मिलाए । उच्चस्तरीय राजनीतिक समिति गठन गरी एमाले अध्यक्ष ओली नै सर्बैसर्वा बन्न खोजेको देखेपछि नेपाली कांग्रेसले त्यसको खुलेरै विरोध ग¥यो । कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि एमालेले अनेका आशंका गर्दै आएको छ । संसदमा अस्वभाविक मत प्राप्त गरेपछि भने प्रचण्डले सबै दलको साझा प्रधानमन्त्री बनेको प्रतिक्रिया दिएका थिए । एमालेको समर्थनमा बनेको सरकार ओलीले नै आफूले भने जसरी चलाउन खोजेको देखिएको छ ।
सत्ता गठबन्धनमा रहेका दल प्रधानमन्त्री प्रचण्डसँगै ओलीसँग पनि छलफल गर्न बालकोट पुग्ने गरेका छन् । जहाँ ओलीले प्रधानमन्त्री प्रचण्डलाई अन्य दलका नेताहरुलाई पद दिन समेत दवाव दिइरहेका छन् । जसका कारण प्रचण्डले ओलीका कुरा नसुन्दा गठबन्धनमै दरार आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गृहमन्त्रालय दिन प्रधानमन्त्रीलाई आग्रह गरे । तर, प्रचण्डले दिन नसक्ने बताएपछि उनी ओली भेट्न बालकोट पुगे । राष्ट्रपति दिने भद्र सहमति ओलीको अनावश्यक दवावकै कारण एमालेलाई दिन नसकिने निष्कर्षमा माओवादी पुगेको देखिन्छ ।
ओलीले रविलाई गृहमन्त्री दिन प्रधानमन्त्रीलाई आग्रह गरेपनि उनी दिन तयार छैनन् । जसका कारण विराटनगर पुगेका ओलीले गृहमन्त्री रास्वपाले नै पाउनुपर्ने अभिब्यक्ती दिएर असन्तुष्टि जनाएका छन् । रवि लामिछानेको नागरिकता सम्बन्धि मुद्धाको फैसलाको पूर्ण पाठ नआएसम्म गृह कसैलाई नदिने प्रचण्डको अडान कायमै छ । सरकारबाट बाहिरिने रास्वपाको धम्कीबाट पनि प्रधानमन्त्री प्रचण्ड कत्तिपनि टसको मस भएका छैनन् । कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपाबाट समेत विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्ड सत्तारुढ दलमा देखिएको गृह विवाद होस् या एमालेले खोजेको राष्ट्रपतिको बिषय कुनैलाई पनि महत्व दिएको देखिदैन । आफू अनुकुल सरकार चलाउन खोजेका ओलीलाई प्रचण्डले बाइपास गर्दै सत्ता हाक्ने योजना बनाएको घटनाक्रमले देखाइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रचण्डलाई सकस, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्