Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

माओवादी केन्द्रको स्थायी कमिटी बैठक


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै केन्द्रीय विभाग बाँडफाँडको टुंगो लगाउने तयारी पनि माओवादीले गरेको छ ।

रास्वपाले बिहीबार नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा माओवादी केन्द्र, #स्थायी कमिटी बैठक

तपाईको कमेन्ट लेख्नुहोस्