Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

सरकार गठनको डेढ महिना नपुग्दै पाँच मन्त्रालय मन्त्री विहिन, गठबन्धनको खटपटले भागबण्डामै सकस


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता नपाउँदै पाँच मन्त्रालय नेतृत्व बिहिन हुन पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकोे मन्त्रीमण्डलबाट आइतबार राष्ट्रिय स्वतन्त्र पाटी बाहिरिएसंगै पाँच मन्त्रालय रिक्त भएको छ । रास्वपाले छोडेको गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भागबण्डा बारे गठबन्धनमा छलफल भइरहेको छ ।

यता वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय हालसम्म विस्तार गर्न नसक्दा २५ सदस्सीय मन्त्रीमण्डलमा हाल २ जना राज्य मन्त्रीसहित १९ जनाले मात्रै प्रतिनिधित्व गर्दै आएका छन् । रास्वपाले गृह सहित महत्वपूर्ण मन्त्रालय पाएर सरकारमा जाँदा एमाले र माओवादीभित्र भागबण्डा मिलाउन सकस परेको थियो । मन्त्री बन्न र सरकारमा जाने बिषयलाई मात्रै महत्व दिइएकाले अहिलेको सरकारले राम्रो संकेत नदेखाएको कतिपयको बुझाई छ ।

पुस २६ गते कांग्रेसले प्रचण्ड लाई विश्वासको मत दिएसंगै राजनीति थप आशंकाको बाटोमा मोडिएको थियो । संसदमा ३२ सिट रहेको नेकपा माओवादी केन्द्रलाई एमालेले सर्मथन गरे पछि प्रचण्ड प्रधानमन्त्री बने पनि अहिलेको गठबन्धनको सरकारले चाहे अनुसारको काम गर्न नसक्ने गुनासो बढिरहेको छ ।

राष्ट्रपतिको चुनाव बाँकी रहेकाले एमाले र माओवादी बिच शक्ति सन्तुलन राख्नुपर्ने दवाब छ । जनता नयाँ सरकार संग केही आशावादी देखिए पनि भागबन्डाको कारण मन्त्री मण्डल र प्रदेश सरकारले पुर्णता नपाएको सर्वसाधारणको बुझाई छ । चुनाव पछि बनेको नयाँ सरकारले जनतालाई नयाँ सन्देश दिन सकेको त छैन नै प्रचण्डको तेस्रो कार्यकालमा के गर्छन जनताले नजिकबाट नियाली रहेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #मन्त्रीमण्डल, #सरकारले पूर्णता

तपाईको कमेन्ट लेख्नुहोस्