Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

लुम्बिनी सांसद घिमिरेद्वारा बाल गायक सुप्रिमको प्रशंसा, भने–सबैको मनमा बस्न सफल हुनु


रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले बाल गायक सुप्रिम मल्ल ठकुरीको प्रशंसा गरेका छन् । पाँचौ अर्घाखाँची महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै घिमिरेले बाल गायक ठकुरीको खुलेर प्रशंसा गरेका हुन् । बाल गायक ठकुरीले मंगलबार अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तुति देखाएका थिए ।

लुम्बिनी प्रदेश सभा सदस्य घिमिरेले बाल गायक ठकुरीको प्रस्तुतिबाट आफू प्रफुल्लित भएको बताउदैँ प्रतिभा अझै विकसित हुँदै जाने छ भन्नेमा आफू विस्वस्त रहेको बताए । उनले ठकुरीलाई सबैको मन मुटुमा बस्न सफल हुनु भन्दै शुभकामना समेत दिए ।

उदयमान सुप्रिम मल्ल कुनै दिन यो देशको चर्चित कलाकारको रुपमा अगाडि आउनेछन् । अहिले नै उनी राष्ट्रियव्यापी रुपमा चर्चमा आईसकेका छन् घिमिरे भने उनको प्रतिभा अझै प्रफुल्लित हुँदै जानेछ र नेपाली जनताको मन र मुटुमा बस्न सफल हुनेछन्, म शुभकामना दिन चाहान्छु ।

घिमिरेले महोत्सव अवधी भर अर्घाखाँचीबासीलाई मनोरञ्जन प्रदान गर्ने सम्पुर्ण कलाकार प्रती धन्यवाद व्यक्त गरेका छन् । साथै, उनले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाग्रीलाई जिल्लामा ल्याई सुलभ दरमा प्रदान गर्ने व्यवसायीप्रती पनि आभार व्यस्त गरेका छन् । उनले महोत्सव भर ५ देखि ७ करोडको व्यापार भएको अनुमान गर्दै आयोजक संस्थालाई धन्यवाद दिए ।

घिमिरेले मेला महोत्सवले देशको अर्थतन्त्र चलायमान बनाउन मद्धत पुर्याउने बताउँदै बेलाबेला आयोजना गरिनुपर्नेमा जोड दिए । महोत्सवले जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसारमा महत्वपूर्ण भुमीका खेलेको उनको विश्वास थियो ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #रामजीप्रसाद घिमिरे, #लुम्बिनी प्रदेश सभा

तपाईको कमेन्ट लेख्नुहोस्