एमाले अध्यक्ष ओलीले भने अवको राष्ट्रपति हामीले जो भन्छौ त्यही हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपतिबारे छोटो प्रतिक्रिया दिएका छन् । उनले पत्रकारहरुको प्रश्नमा आफूहरुले भनेकै व्यक्ति राष्ट्रपतिमा आउने बताएका हुन ।
राष्ट्रपतिको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा अबको राष्ट्रपति को हुन्छ भन्ने प्रश्नमा ओलीले भने– हामीले जो भन्छौं उही हुन्छ । अध्यक्ष ओलीले सुदूरपश्चिमको सरकार ढलेपछि केन्द्रमा के हुन्छ भन्ने प्रश्नको उत्तरमा भने हेर्दै जाउँ के हुन्छ ।
ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई संसदबाट निस्केपछि आफ्नो गाडीमा चढाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधन सकिए लगत्तै संसदबाट बाहिरिएका ओलीले ठाकुरलाई आफ्नो गाडीमा चढाएर लगेका हुन् । ओली निवास बालकोटमा दुई नेताबीच संवाद भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #केपी शर्मा ओली, #पत्रकारहरुको प्रश्न, #राष्ट्रपतिबारे छोटो प्रतिक्रिया
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्