प्रचण्ड र ओलीको निरन्तर भेटवार्ता, राष्ट्रपतिबारे निष्किएन समाधान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर छलफल भइरहेको छ । कहिले बालुवाटार त कहिले बालकोटमा लगातार भेटवार्ता भएपनि राष्ट्रपतिको उम्मेद्वारबारे सहमति जुट्न सकेको छैन् ।
शुक्रबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता भएको हो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवासमा पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको थियो ।
भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूहरु एकै ठाउँमा रहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताएका थिए । पटक–पटक वार्ता छलफल भएपनि माओवादी केन्द्रले सहमतिका आधारमा राष्ट्रपतिको उम्मेद्वार बनाउनुपर्ने अडान लिइरहेको छ । तर, नेपाली कांग्रेसले ५ बर्ष प्रचण्डलाई सरकार सञ्चालन गर्न दिने भन्दै राष्ट्रपति आफूले पाउनुपर्ने बताएका छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमालेका अध्यक्ष केपी शर्मा ओली, #केपी शर्मा ओली, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्