Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

पूर्वराजा ज्ञानेन्द्रले सहकार्यको प्रस्ताव गर्दा किन तर्सिए दलका नेता


काठमाडौं । फागुन ७ गते प्रजातन्त्र दिवस । सोही अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारे । देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने शाहले सन्देश जारी गरेका थिए ।

शाहले नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रहन नसक्ने बताउँदै उनले पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको प्रति चिन्ता व्यक्त पनि गरेका थिए । पूर्वराजा शाहले हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूप्रति आशा व्यक्त गरेको बिज्ञप्तीमा उल्लेख गरेका थिए । तर, यो सन्देश जारी भएपछि राजनीतिक दलका नेताहरुले बिभिन्न खाले प्रतिक्रिया दिइरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त सार्वजनिक कार्यक्रममै शाहको प्रस्तावको कडा टिप्पणी र आलोचना गरे । उनले आफ्नो वरिपरि दुई चारजना मान्छे देखेपछि पूर्वराजा ज्ञानेन्द्र हौसिएको उनले टिप्पणी गरे । विराटनगरमा ओलीले पूर्वराजाला ‘ज्ञानेन्द्रजी’ भनेर सम्वोधन गरेका थिए ।उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि पुरानो झल्को आइरहन्छ । दुई–चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस आउँछ । त्यतिमात्रै हो, अरु केही होइन । उहाँहरुले २४० बर्षसम्म चलाउनुभएको होइन ? के गर्नुभएको थियो ? देश कहाँ पुर्याउनुभयो ? ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने ?’

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि कास्की पुगेर पत्रकारहरुसँग भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्ति कुनै औचित्यपूर्ण छैन । उनीसँग कुन मुद्दामा सहकार्य गर्ने ? देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको छ । लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुन्छ । तर उहाँहरूले संविधान र गणतन्त्र स्वीकार नगरेकाले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य छैन ।’ उनले अहिले व्यवस्थामाथि नै माओवादीले खतरा आँकलन गरेको बताए ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वराजाद्वारा राजनीतिक दलहरुसँग गरिएको सहकार्यको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिए । पूर्वराजाको आगामी कदम आफूले उत्सुकतापूर्वक पर्खिरहेको पनि उनले बताए । राप्रपाको महाधिवेशनपछि पूर्वराजा ज्ञानेन्द्रसँग असन्तुष्टि जनाउँदै थापाले राजतन्त्रको एजेन्डा त्यागेका थिए । त्यसयता बारम्बार पूर्वराजसंस्थाप्रति तिक्तता ओकलेका थापाले पहिलोपटक नरम प्रतिक्रिया दिएका छन् ।

राप्रपाले भने पूर्वराजाको अभिव्यक्तिप्रति अपेक्षित रुपमा सकारात्मक प्रतिक्रिया दिएको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजाले २०६२/६३ को आन्दोलनपछि भएको सम्झौतामा भएको धोखालाई अभिव्यक्त गरेको बताए । उनी भन्छन्, ‘२०६२/६३ को आन्दोलनको माग गणतन्त्र थिएन ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पूर्वराजा ज्ञानेन्द्र, #प्रजातन्त्र, #सहकार्यको प्रस्ताव

तपाईको कमेन्ट लेख्नुहोस्