दुर्गा प्रसाँईको आन्दोलनले तर्सियो सरकार, सबै जिल्लामा पत्राचार

काठमाडौं । ब्यवसायी दुर्गा प्रसाँईको नेतृत्वमा काठमाडौं विरोध प्रर्दशन गरिएको छ । प्रसाँईको नेतृत्वमा संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरिएको हो । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् । पूर्वराजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईँको अभियानले देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।महाअभियानले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ ।
५ प्रतिशत ब्याजमा ऋण पाउनु पर्ने माग पनि प्रसाईँको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरु विरूद्ध हुने गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको संगठित आक्रमणको प्रयासपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षा प्रबन्ध गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन निर्देशन दिइएको छ । व्यवसायी दुर्गा प्रसाईंले झापामा सभा गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर उनले बैंकका कर्मचारीलाई कालोमोसो दल्ने दस्ता नै तयार भएको बताउँदै २० लाखसम्मको ऋण मिनाहा हुनुपर्ने र बैंकमा कार्यरत कर्मचारीलाई च्याप्प समातेर कालोमोसो दल्ने चेतावनी दिएका थिए ।
प्रसाईंले बैंक, लघुवित्त र सहकारी संस्थालाई २० लाख रुपैयाँसम्मको कर्जा मिनाहा गर्नुपर्ने भन्दै त्यसो नगरे तत्–तत् संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । ‘ती कर्मचारीलाई कालोमोसो दल्दा केही हुँदैन, पुलिसले हिरासतमा लगेर चार–पाँच दिन राख्ने न हो’ उनले भनेका थिए ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दुर्गा प्रसाई, #संघीयता खारेजी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्