जता सत्ता त्यतै नयाँ पाटीको नजिकता, सिके, रञ्जितासँगै रवीको पार्टी पनि प्रचण्डतिरै

काठमाडौं । पुस १० मा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेतृत्व गरेको नेकपा एमालेले समर्थन फिर्ता लिंदै सरकारबाटै बाहिरियो । प्रधानमन्त्री प्रचण्डले गठबन्धन बदलेर ८ दलीय गठबन्धनमा सामेल भएपछि राप्रपा समेत समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिसकेको छ । तर, पछिल्लो निर्वाचनबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको अवस्था जता सत्ता उतै निकटता देखिएको छ ।
पुस १० मा प्रचण्ड प्रधानमन्त्री बन्दैगर्दा बनेको गठबन्धनको अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टी माघ पनि २२ मै सरकारबाट बाहिरिसकेको छ । तर, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । गत सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारका विषयमा छलफल नै गरेन । रास्वपा महामन्त्री मुकुल ढकाल राजनीतिक परिस्थितिमा तात्विक फरक नआएकाले सरकारका विषयमा कुनै निर्णय नलिइएको बताएका छन् ।
अहिले जे जस्तो परिस्थिति छ, त्यो हाम्रो लागि बदलिएको परिस्थिति होइन, ‘हिजो पनि हेर्दै जाऊँ भन्नेमा थियौं, अहिले पनि त्यसमै छौं ।’ महामन्त्री ढकालले बताएका थिए । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समेत प्रचण्ड सरकारलाई नै साथ दिएका छन् । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खाँ खानेपानी मन्त्रालय लिएर सरकारमै छन् । नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी रिहाईको मुद्धा अघि सारेर सरकारमा सहभागी नभएपनि समर्थन कायमै छ ।
सरकारबाट निस्कनुपर्ने कुनै कारण नै नभएको जिकिर जनमत पार्टीका अध्यक्ष सीके राउतले गरेका छन् । रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टी हालैको आम चुनावबाट प्रतिनिधिसभामा उदाएका नयाँ दल हुन् । राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई साथ दिन भर्खरै उदाएका पार्टी समेत सहभागि छन् । ४ मंसिरको चुनावअघि नयाँलाई रोजौं भनेर प्रचार गरेको रास्वपा २० सिटसहित चौथो ठूलो पार्टी बनेको थियो ।
जनमत पार्टी मधेश र नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट राम्रो मत पाएको थियो । चुनावबाट उदाएका नयाँ दलमा पनि सत्ता मोह पुराना दलभन्दा कम नभएको पूर्व राजनीतिज्ञ समेत रहेका राजनीतिक विश्लेषक राधाकृष्ण मौनाली बताउछन् । नागरिकता मुद्दामा गृहमन्त्री पद गुमाउन पुगेका रवि लामिछानेले नेपाली नागरिकता लिएपछि फेरि गैरसांसदको हैसियतमा सोही मन्त्रालय दाबी गरेका थिए । नपाएपछि सरकार छाडेका उनी फेरि सरकारमा जान लालयित देखिएको र यसले नयाँ समेत उस्तै हुन भन्ने गलत प्रभाव पारेको बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल बताउछन् ।
विगतमा तराई मधेशमा उदायका नयाँ दलले सत्ता स्वार्थका लागि गरेको लुछाचुडीले आफैलाई कमजोर बनाएका थिए । यहि विगत दोहोरिने आशंका समेत नयाँ दलको हकमा गर्न थालिएको छ । पहिलो पटक संसदमा प्रवेश पाएका तीन दलले जता सत्ता उतै समर्थन र भेटवार्ताको निरन्तरता दिएर राजनीति अवसरका लागि हो भन्ने पुष्टि गरिदिएका छन् ।
हुनत चुनावी परिणाम आउँदा नआउँदै रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले ठूला दलसँग सत्ताका लागि संवाद सुरु गरेका थिए । जता सत्ता समीकरण बलियो देखिन्छ, उतैतिर निकटता बढाउने नयाँ दलका नेताहरुको होडले राजनीतिमा कुनै न्यूनतम विचार, इमान र अडान हुँदैन भन्ने विगतलाई स्थापित गरिदिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #८ दलीय गठबन्धन, #नेकपा एमाले, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्