गिरिजाप्रसाद कोइरालाको सम्झनाः जसले माओवादीलाई संसदीय राजनीतिमा ल्याए

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०६२/६३ को जनआन्दोलन मार्फत संसद पुनः स्थापना गराउन, बृहत शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधानसभाको निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाले गरेको अगुवाइको स्मरण गरिएको छ । नेपालको शान्ति प्रक्रियालाई सहज अवतरण गर्न सफल पूर्वप्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालाको नेपाली राजनीतिक इतिहासमा ठूलो योगदान छ । नेपाली राजनीतिक रंगमञ्चमा सबैभन्दा अग्रणी भूमिका निर्वाह गरिरहेका बेला उनको २०६६ साल चैत ७ निधन भएको थियो ।
२०६२\६३ को जनआन्दोलन मार्फत संसद पुनः स्थापना गराउन, बृहत शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधानसभाको निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्ने मुख्य कमाण्डरको भूमिका निर्वाह गरेका कोइरालाको सोही बीचमा निधन भएपछि राजीतिक नेतृत्वको अभाव खड्किएको थियो । उहाँको देहवसान भएको करिब ६ बर्षपछि मात्रै नेपालले नयाँ संविधान पाएको थियो । सुरुमा सत्ताका लागि दौडधुप गर्ने नेताको रुपमा चित्रित गरेपनि जीवनको उत्तरार्धमा कोइरालाले गरेको कामको सबै राजनीतिक दलले प्रशंशा अहिले पनि गरिरहेका छन् ।
तत्कालिन नेकपा माओवादीलाई संसदीय राजनीतिमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका कोइरालाको नाम अहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिदै आउनुभएको छ । तर, पहिलो राष्ट्रपति बन्ने चाहना कोइरालाले राख्दा आफूले त्यो पूरा गर्न नसकेको प्रति प्रचण्डले सार्वजनिक रुपमा पश्चताप गर्दै आउनुभएको छ । राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिनुभएका स्वर्गीय कोइराला चार पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो ।
२०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणापछि कोइरालाले अन्तरिम राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गर्नुभएको थियो । २०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिनुभएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति बन्नुभयो । संसदीय राजनीतिका माहिर खेलाडी मानिने कोइराला ६० वर्षभन्दा धेरै समयसम्म राजनीतिमा संलग्न हुुनुभयो । पिता कृष्णप्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोराको रुपमा वि.स. १९८१ असार १८ मा भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा कोइरालाको जन्म भएको थियो । जतिबेला कोइरालाका बुबा आमा निर्वासित जीवन बिताइरहनुभएको थियो । कोइरालाले आफ्नो २००४ सालमा नेपाल मजदुर कांग्रेसको स्थापना गर्नुभएको थियो । जुन पछि नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा चिनिन थाल्यो ।
२००८ सालमा गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेस मोरङ जिल्लाको सभापति बन्नु भयो भने २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई गिरफ्तार गरी कैद नगरुन्जेल सम्म कार्यभार सम्हाल्नुभएको थियो । गिरिजाप्रसाद कोइरालाको २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी रह्यो, जुन आन्दोलनले पञ्चायती व्यवस्थालाई हटाएर देशमा बहुदलीय व्यवस्थाको स्थापना गरायो । जसका कारण उहाँलाई एक निर्भीक र निडर नेताका रूपमा लिने गरिन्छ ।
परिवार नै राजनीतिमा होमिएका कारण पनि कोइरालालाई थप मद्धत पुग्यो । कोइरालका दुई दाजुहरु वि.पी. कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री हुुनुभएको थियो । २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेताका रुपमा गिरिजा प्रसाद कोइरालालाई नै लिइन्छ । सहमति, सहकार्य र एकताको निति अपनाएर हत्या हिंसाको राजनीतिमा रहेको तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संसदीय राजनीतिमा स्थापित गराएकै कारण अहिले पनि कोइरालाको जुनसुकै दलका नेताहरुले प्रशंशा गर्न आनाकानी गर्दैनन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गिरिजाप्रसाद कोइराला, #बृहत शान्ति सम्झौता, #संघीय लोकतान्त्रिक गणतन्त्र, #स्मृति दिवस
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्