कर्णालीका मुख्यमन्त्रीले दोस्रोपटक पाए विश्वासको मत,एमालेको पनि समर्थन

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई नेकपा एमालेसहित चार दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् ।
मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ । उनले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गरे । शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र देवराज शाही एक–एकजना सांसदले शर्माको पक्षमा मत हाले ।
मुख्यमन्त्री शर्माले यसअघि ६ माघमा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए । यद्यपि राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिएका हुन् । उनी गत पुस २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राजकुमार शर्मा
ताजा खबर
- १७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- २साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ३भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
- ४हमासलाई ट्रम्पको चेतावनी‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’
- ५माओवादीको अभियान कार्यतालिका हेरफेर,आजदेखि कुन जिल्लामा कहिले ?
तपाईको कमेन्ट लेख्नुहोस्