एमाले अध्यक्ष ओलीले माधव र प्रचण्डमाथि थुपारे कम्युनिष्ट फुट्नुको दोष

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथी गम्भिर आरोप लगाएका छन । कम्युनिष्ट पार्टी स्थापना दिबसको अबसरमा भएको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी फुट्नुको दोष ‘प्रचण्ड’ र माधव नेपालमाथी थुपारेका छन ।
उनले ‘प्रचण्ड’ र नेपालमाथी सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप समेत लगाएका छन । एमाले अध्यक्ष ओलीले ‘प्रचण्ड’ र नेपालले कम्युनिष्ट पार्टीको झण्डा राख्नु नै बेकार भएको टिप्पणी समेत गरे । अध्यक्ष ओलीले सबै पार्टीमा रहेका वामपन्थी र परिवर्तन चाहनेहरुलाई एमालेमा आउन आह्वान समेत गरेका छन ।
सम्बोधनका क्रममा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको चर्को आलोचना गरेका अध्यक्ष ओलीले आफ्नो पार्टी नेकपा एमालेको भने प्रसंसा गरे । उनले एमालेलाई जस्तोसुकै खडेरीमा पनी नसुक्ने नदीका रूपमा चित्रण गरे । अध्यक्ष ओलीले आउँदो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी समेत गरे ।
कम्युनिष्ट पार्टी स्थापनाको दिन अन्य कम्युनिष्ट नेताहरुले बामपन्थी एकतामा जोड दिएका छन । एमाले अध्यक्ष ओलीले समेत वामपन्थी र परिवर्तन चाहनेहरुलाई एमालेमा आउन आह्वान गरेका छन । तर ‘प्रचण्ड’ र नेपालमाथी ओलीले सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाएपछी माओवादी केन्द्र र एकिकृत समाजवादीका नेता तथा कार्यकर्ताहरु चिढिएका छन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेकपा एकिकृत समाजवादी, #नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्