तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्लेको मतान्तर ७ हजार नाघ्यो

काठमाडौं । तनहुँ–१ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार भन्दा धेरै मतान्तरले अग्रता लिएका छन् ।
पछिल्लो सार्वजनिक मत परिणाम अनुसार ३५ हजार ३३ मतगणना हुँदा वाग्लेले १७ हजार ९ सय २ मत पाएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २ सय २८ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ५ हजार ६६ मत पाएका छन् । आइतबार रातिदेखि भइरहेको मतगणनामा रास्वपा उम्मेदवार वाग्लेले सुरुवातदेखि नै अग्रता लिइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #स्वर्णिम वाग्ले
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्