चितवन २ र तनहुँ १ मा किन घट्यो कांग्रेसको भोट, रास्वपाले कसरी भत्काइदियो गढ !

काठमाडौं । सत्ता गठबन्धनकै साथ लिएर उपनिर्वाचनमा होमिएको नेपाली कांग्रेसले ठूलो धक्का पाएको छ । चितवन २ र तनहुँ १ मा स्थानीय प्रभावशाली नेता नै चुनावमा उठाएर जित्ने सोचेको कांग्रेसलाई मत परिणामले नै ठूलो धक्का दिएको छ । कांग्रेसमा असन्तुष्टि जनाउँदै रास्वपा गएका डा.स्वर्णिम वाग्ले नै निर्वाचित भएपछि पार्टीभित्रै नै खैलाबैला मच्चिएको छ । सत्ता गठबन्धनमा भागबण्डा हुँदा कांग्रेसले नै उपनिर्वाचनमा दुई निर्वाचन क्षेत्र पायो । बारा निर्वाचन क्षेत्र नम्बर २ मा भने जसपाका अध्यक्ष उपेन्द्र यादवलाई नै सघाउने निर्णय गरेको कांग्रेसले चितवन २ र तनहुँ १ मा आफनो गढ गएको भन्दै माओवादी केन्द्रलाई उम्मेद्वार नै उठाउन दिएन ।
उम्मेद्वारलाई जिताउन कांग्रेसले चितवनमा विश्वप्रकाश शर्मा र तनहुँमा गगन थापालाई नै मैदानमा उतारो । महामन्त्रीद्धय कहिले तनहुँ त कहिले चितवनको घरदैलोमै ब्यस्त रहे । जहाँ उम्मेद्वार जिताउन गठबन्धनका सबै नेता सभामा सहभागि भएर मतदातालाई पनि विभिन्न प्रलोभन दिएकै हुन् । तर, मत परिणामले सत्ता गठबन्धनलाई राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले हराइदिएको छ । चितवन र तनहुँको मत परिणाम हेर्दा कांग्रेसले मंसिर ४ मा पाएकै मत नै बचाउन सकेन ।
चितवन २ मा रवि लामिछानेले ५४ हजार १७६ मत ल्याएर विजयी हुँदा कांग्रेससहितको गठबन्धनको मत झनै खस्किएको छ । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत पाए । मंसिर ४ को निर्वाचनमा उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाएका थिए । ५ महिनामै कांग्रेसको करिव ४ हजार मत घटेको छ । हुनत् एमालेको पनि मत घटेको छ । तर, केहीबर्ष अघिसम्म कांग्रेसको गढ नै मानिएको चितवन २ रास्वपाले कब्जा गरेको छ ।
२०७४ को चुनावमा बाम गठबन्धनकै कारण हार ब्येहोरेका रामचन्द्र पौडेल त्यसअघि कांग्रेसकै गढका रुपमा तनहुँ मानिन्थ्यो । मंसिर ४ को चुनावमा पनि कांग्रेसले नै दुई क्षेत्र जितेको थियो । रामचन्द्र पौडेल र शंकर भण्डारीले दुवै क्षेत्र जित्दा कांग्रेसको गढ यथावत रहेको विश्लेषण हुन थालेको थियो । तर, उपचुनावले कांग्रेस छोडेका डा.स्वर्णिम वाग्लेले नै बाजी मारेका छन् । पौडेलले २५ हजार तीन सय १८ मत पाएका थिए । सो मत पनि कांग्रेसले जोगाउन सकेन ।
कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १ सय २२ मत पाए । यो उपचुनावमा कांग्रेसले ५ हजार मत कम पाएको छ । स्थानीय स्तरमा भिजेका र जिल्लाका प्रभावशाली नेतालाई नै टिकट दिएपनि कांग्रेसले चुनाव जित्न सकेन । आफूलाई बलियो दाबी गर्ने संसदको पहिलो दल कांग्रेसले उपचुनावमा भने लज्जास्पद हार ब्यहोरेको मात्रै छैन् विगतका मतदातालाई समेत रिझाउन सकेन । यो मत परिणामले कांग्रेसभित्रै खैलाबैला मच्चाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कांग्रेसले ठूलो धक्का, #गोविन्द र जितनारायण, #सत्ता गठबन्धन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्